पोखरा ,असार ७ गते

स्थानिय तहका पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरूसँग गण्डकी प्रदेश स्तरीय समन्वय तथा ऐन, नियम कार्यान्वयन गोष्ठी सम्पन्न भएको छ। पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् को आयोजना मा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेश पोखरा को सभाहल मा स्थानिय तहका पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरूसँग गण्डकी प्रदेश स्तरीय समन्वय तथा ऐन, नियम कार्यान्वयन गोष्ठी सम्पन्न भएको छ। पशु स्वास्थ्य तथा पशुसेवा व्यावसायी परिषद का अध्यक्ष श्री डम्बर बहादुर बम ले उक्त गोष्ठी को कार्यक्रम को अध्यक्षता गर्नु भएको थियो। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश का सचिव श्री बासुदेव रेग्मी प्रमुख अतिथि रहनु भएको थियो। विशिष्ठ अतिथि मा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय का महानिर्देशक श्री डा. बाल कुमार श्रेष्ठ ,पशु स्वास्थ्य तथा पशुसेवा व्यावसायी परिषद का रजिष्टार श्री जनक बहादुर रावल ,पशु स्वास्थ्य तथा पशुसेवा व्यावसायी परिषद का महिला सदस्य श्री दिलमाया श्रेष्ठ ,परिषदको संस्थापक सदस्य एवं NELTA नेपालका केन्द्रिय कार्य समिती का महासचिव श्री सुरेश कुमार श्रेष्ठ ,रहनु भएको थियो भने अतिथिहरुमा भेटेरिनरी अस्पताल तथा पशुसेवा, बिज्ञ केन्द्र प्रमुख तथा नेपाल एनिमलसाइन्स एशोशियसन का प्रदेश संयोजक श्री शम्भुराज पाण्डे , पशुसेवा तालिम केन्द्र पोखरा प्रमुख तथा पूर्व
NVA महासचिव श्री डा गृष्म नेउपाने रहनु भएको थियो भने कार्यकम संचालन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कास्की पोखरा का प्राविधिक तथा पशु स्वास्थ्य तथा पशुसेवा व्यावसायी परिषद गण्डकी का सदस्य श्री डिल्लिराम रेग्मी ले गर्नु भएको थियो। कार्यकम सन्चालक श्री डिल्लिराम रेग्मी ले पशु स्वास्थ्य तथा पशुसेवा व्यावसायी परिषद गठन हुनु भनेको सम्पुर्ण पशु स्वास्थ्य कर्मी को हक हित को पक्ष मा उभिएर काम गर्नु हो। यस परिषदको स्थापना गर्न वान्छनीय भएकाले संघिय संसदले ऐन बनाएको हो। सरकारी तथा निजि पशु सेवा कर्मी को श्रम को महत्व र आफ्नो दक्षता प्रफुल्ल रुपमा देखाउन श्रेणिगत दर्ता लाइ प्राथमिकताको साथ अघि बढाइए

को हो। पशु स्वास्थ्य कर्मी को पेशागत क्षमता अभिवृद्धिका लागि,पशु सेवा व्यवसायीहरूबाट हुने अनुशासनहीनता, अनियमिता वा गलत कार्यलाइ रोक्न परिषद गठन भएको हो भनि बताउनु भएको थियो। विशिष्ठ अतिथि रहनु भएका पशु स्वास्थ्य तथा पशुसेवा व्यावसायी परिषद का रजिष्टार श्री जनक बहादुर रावल ले पशु स्वास्थ्य तथा पशुसेवा व्यावसायी परिषद ऐन र पशु स्वास्थ्य तथा पशुसेवा व्यावसायी परिषद नियमावली २०८१ लाइ प्रकास पार्दै प्रचलित कानुन बमोजिम स्थापित नेपाल पशु चिकित्सा परिषदमा नाम दर्ता भएका र दर्ता हुन् योग्य पशु चिकित्सक बाहेकका पशु स्वास्थ्य तथा पशु सेवा व्यबसायीहरुको सेवा र व्याबसायलाई व्यवस्थित ,गुणस्तरीय एवं मर्यादित ढंगले परिचालन गरि प्रभावकारी पशु स्वास्थ्य र पशु सेवा व्यवसायको विकास गर्न परिषद गठन गर्ने प्रक्रिया अघि बढेको हो ,परिषद नाम दर्ता भएका र दर्ता हुन् योग्य पशु चिकितासक बाहेकका पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरुको सेवा र व्यवसायलाई व्यवस्थित , गुणस्तरीय एवं मर्यादित बनाउन पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायको योग्यता अनुसार परिषद गठन भएको हो। यो परिषद गठन गर्नु को मुख्य उद्देश्य भनेको प्राविधिक जनशक्तिको दर्ता र नियमन गर्ने ,व्यबसायीहरुको राष्ट्रिय मापदण्ड निर्धारण गर्न का लागि ,शिक्षण संस्थाको सर्त र मापदण्ड निर्धारण गर्नको लागि , सरकार बाट स्वीकृत कार्यकम संचालन गर्नका लागि ,नीति निर्माण मा सहयोग का लागि नै हो भनि बताउनु भएको थियो। पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरुको योग्यता को कदर होस् भन्न का लागि “क ” श्रेणी ,”ख ” श्रेणी ,”ग ” श्रेणी र “घ ” श्रेणी मा दर्ता गर्ने गरि विभाजन गरिएको हो , मान्यता प्राप्त विश्वविधालय वा शिक्षण संस्था बाट बाट स्नातकोत्तर वा विधाबारिधि उत्तरिण भै रु ५,०००/- हजार को दर्ता शुल्क लाग्ने भनेको “क ” श्रेणी ,मान्यता प्राप्त विश्वविधालय वा शिक्षण संस्था बाट पशु सेवा व्यवसाय संग सम्बन्धित विषयमा कम्तिमा स्नातक तह वा सो सरह भै रु ३,०००/- हजार को दर्ता शुल्क लाग्ने भनेको ,”ख ” श्रेणी ,मान्यता प्राप्त विश्वविधालय वा शिक्षण संस्था बाट बाट प्रविणता प्रमाणपत्र तथा भै रु २,०००/- दुइ हजार को दर्ता शुल्क लाग्ने भनेको “ग ” श्रेणी र एस. एल. सी. वा सो सरहको हासिल गरि रु १,५००/- पन्ध्र सय को दर्ता शुल्क लाग्ने भनेको “घ ” श्रेणी भनि छुट्ट्याइएको हो भनि जानकारी गराउनु भएको थियो। उहाँले असाढ मसान्त सम्म दर्ता गर्नु भयो भने परिक्षा दिनुनपर्ने र असाढ मसान्त पछि दर्ता गर्न खोज्नु हुने महानुभावलाई अनिवार्य परिक्षा दिनुपर्ने बताउनु भएको थियो।उहाँले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरूको हालको दर्ता अवस्था बताउंदै कार्तिक १२ गते सम्मको दर्ता संख्या ग्रामिण पशु स्वास्थ्य कार्यालय सहित १४१,१२१ दर्ता हुन पेश भएका आवेदन को संख्या १,४९९ र गण्डकी प्रदेश मा दर्ता भएका संख्या १,२०८ रहेको बताउनु भएको थियो। कसुर र सजाय सम्बन्धि व्यबस्था अन्तर्गत ,दर्ता नगराई व्यबसाय गरेमा ५० हजार सम्म जरिवाना गरि ६ महिना कैद एक वा दुवै गरिने ,दर्ता नगराई व्यवसाय गरेमा कसुर गरेको मानिने , भनि बताउनु भएको थियो। परिषदको संस्थापक सदस्य एवं NELTA नेपालका केन्द्रिय कार्य समिती का महासचिव श्री सुरेश कुमार श्रेष्ठ ले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्( Veterinary Council) नेपाल सरकार अन्तर्गतको एक कानुनी संस्था हो जसले पशु स्वास्थ्य सेवा तथा पशु सेवा व्यवसायसम्बन्धी विषयहरू नियमन, प्रवर्द्धन र व्यवस्थापन गर्दछ । यस परिषद्ले मुख्यतया १. पशु सेवा व्यवसायीहरूको दर्ता र इजाजतपत्र (License) वितरण गर्ने , २. नियम तथा मापदण्ड तय गर्ने,पशु सेवा क्षेत्रमा कार्य गर्ने व्यक्तिहरूका लागि आचारसंहिता (Code of Conduct), मापदण्ड (Standard) र नियमावली तयार गर्ने,पशु स्वास्थ्य शिक्षामा प्रयोग हुने पाठ्यक्रमको अनुगमन , ४.पशु स्वास्थ्य सेवा दिने क्लिनिक, फार्म, तथा पशु औषधि पसलहरूको अनुगमन र नियमन गर्ने गर्दछ। ५. पशु सेवा व्यवसायीहरूबाट हुने अनुशासनहीनता, अनियमिता वा गलत कार्यमा अनुसन्धान तथा कारबाही गर्ने अधिकार को काम , ६ पशु व्याबसयिहरु को पेशालाई उकास्ने, पेशागत क्षमता अभिवृद्धिका लागि , अध्ययन र अनुसन्धानको प्रवर्द्धन गर्ने हेतुले यो परिषद गठन गरिएको हो , यसमा सबै पशु चिकित्सकहरुले हातेमालो गरि अघि बढ्नु पर्ने मा जोड दिनु भएको थियो। अन्त्यमा उहाँले दर्ता प्रक्रिया लाइ कुनै परिक्षा नै नलिई अझै केहि समय सम्म निरन्तर दर्ता गरिनुपर्ने भनि आफ्नो धारण व्यक्त गर्नु भएको थियो। पशुसेवा तालिम केन्द्र पोखरा प्रमुख तथा पूर्व NVA महासचिव श्री डा गृष्म नेउपाने ले खुल्ला सिमानाका को कारण बाट औषधि आयातित भैरहेको छ , साम्मान्य औषधि नभई नहुने तर त्यो औषधि ल्याउन लाग्दा रकम महंगो पर्ने वातावरण भैरहेको अबस्था छ। यो पहिलो पाँच बर्ष पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद ले छलांग मार्ने गरि काम नगर्ने हो भने परिषद झन् अप्ठेरो घडिमा पर्न सक्छ तसर्थ ऐन परिवर्तन गर्न मिल्ने ठाउँ मा परिषद संगै प्रदेश लाइ जोडेर काम गर्न सकियो भने परिषद गठन को औचित्य ठहरिने बताउनु भएको थियो। साथै उहाँले माछाका किसानहरु तालिम मा न्यून सहभागी भएकाले सहभागीहरुका लागि आवेदन गुगल को माध्यम बाट पनि गर्न सकिने बताउनु भएको थियो। भेटेरिनरी अस्पताल तथा पशुसेवा, बिज्ञ केन्द्र प्रमुख तथा नेपाल एनिमलसाइन्स एशोशियसन का प्रदेश संयोजक श्री शम्भुराज पाण्डे ले यो परिषद भनेको नियमनकारी निकाय हो। यसले नियमन गर्ने गर्दछ। यो परिषद को नियमन पालना गर्यौं भने वैधानिक हुन्छौं । सबै सरकारी पशु सेवा संथा र व्यवासायीहरु समय मै दर्ता हुन् आवश्यक रहेको बताउनु भएको थियो। पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय का महानिर्देशक श्री डा. बाल कुमार श्रेष्ठ ले पशु स्वास्थ्य तथा पशुसेवा व्यावसायी परिषद को गठन कार्यलाई मुर्त रुप दिन को लागि सबै पशु स्वास्थ्य तथा पशुसेवा व्यावसायीहरु ले सहकार्य गरि अघि बढ्नु पर्ने मा जोड दिनुभएको थियो। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश का सचिव श्री बासुदेव रेग्मी ले तिनै सरकार हुँदा पनि Extension कभर छैन ,किसानहरुलाई दिनुपर्ने भनेको प्राविधिक सेवा हो ,किसान को माग भनेको प्राविधिक हो , अनुदान होइन ,एग्रिकल्चर होस् या लाइभ स्टक मा हामि प्राविधिकहरु चुकेकै छौं। हाम्रो प्रमुख दायित्व प्राविधिक सेवा पुर्याउनु हो। विश्वविधालय मा पढेको भन्ने तर कृषि ज्ञान केन्द्र मा तालिम लिने , यस्तो अबस्था छ ,त्येसैले हामि पढाईको क्षेत्रमा पनि चुकेकै छौं। संघ संगठन खोलेर मात्र हुँदैन प्राविधिकहरुको क्षेत्रमा कसिएर काम गर्ने पर्छ ,हामीले दिने सेवा प्रवाह दुर – दराज सम्म पुग्ने लक्ष्य राख्नु पर्दछ। दुर्गम क्षेत्रका परिवारलाई पनि आर्थिक ,नैतिक वा टेक्निकल सहयोग पुग्ने गरि सहकार्य गर्नु पर्दछ। ,त्यसैले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् प्राविधिकहरुको हक हितको लागि  कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश को ढोका संधै  खुल्ला रहने बताउनु भएको थियो।पशु स्वास्थ्य तथा पशुसेवा व्यावसायी परिषद का अध्यक्ष श्री डम्बर बहादुर बम ले हाम्रा अग्रज साथीहरुको अथक प्रयास र बाटो-  बाटो आन्दोलन नगरी पशु स्वास्थ्य कर्मी एक सांगलो मा बाँधेर लडेर जन्मेको यो परिषद को औचित्य महत्वपूर्ण रहेको बताउनु भएको थियो। हामीले कसरि हुन्छ यो परिषद लाइ बलियो बनाइ अघि बढ्नु पर्ने हुन्छ। हाम्रो यो परिषद मा सदस्य संख्या बढाउनु पर्ने छ। हाम्रो सदस्य संख्या बढाउनको लागि हामीले अनलाइन स्टिम को व्यबस्था पनि गरको बताउनु भएको थियो।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0