पोखरा ,असार १८ गते

पोखरा महानगरपालिका वडा नं. ०६ लेकसाईड स्थितमा रहेका विभिन्न स्पा सेन्टरहरूमा बालबालिकाहरूलाई काममा लगाइएको भन्ने सूचना प्राप्त भए पश्चात मिति २०८२/०३/१६ गते अं. १६:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाबाट खटिगएको संयुक्त टोलीले निम्न स्पा सेन्टरहरूबाट १८ वर्ष मुनिका ८ जना बालिकाहरुलाई उद्दार गर्दा उद्दार गरिए‌का उक्त बालबालिकाहरूलाई स्पा सेन्टरहरूले बाल श्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ विपरित जोखिम पूर्ण व्यवसायमा लगाएको देखिएकोले सो कार्यमा संलग्न स्पा सेन्टरहरूलाई आवश्यक कार्वाहीको लागी उद्दार गरिएका बालिकाहरू सहित श्रम तथा रोजगार कार्यालय पोखरा कास्कीमा पठाइएको।

                                    निम्न :-
सि.नं.
    सि.नं.                     स्पा सेन्टर नाम                    उद्धार संख्या
   १                                पर्सल्यान स्पा                        २
   २                            ताराहिल लज स्पा एण्ड ब्यूटी केयर     २
    ३                             इभेण्डर ब्यूटि एण्ड स्या                  ४
सूचना अधिकारी प्र.ना.उ हरी बहादुर बस्नेत जिल्ला प्रहरी कार्यालय कारकी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0