पोखरा ,श्रावण ४ गते
जिल्ला प्रहरी कार्यालय कास्कीबाट १ वर्षमा ८०४ जना फरार प्रतिवादीहरु पक्राउ परेका छन।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरु समेतबाट खटिएको प्रहरी टोलिले (आर्थिक वर्ष २०८१/०८२) मिति २०८१।०४।०१ गते देखी २०८२।०३।३२ गतेसम्म सम्मानित अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ८०४ जना फरार प्रतिवादिहरु (पुरुष- ६०४ जना, महिला- २०० जना) लाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित अदालतमा बुझाइएको ।
निजहरुबाट ६१ वर्ष २ महिना १५ दिन कैद सजाय र रु.१०,१२,०१,३७१।- (दश करोड बाह्र लाख एक हजार तिन सय एकहत्तर रुपैँया) जरिवाना असुल गर्नको लागि सम्मानित अदालतमा उपस्थित गराईएको छ ।

प्रवक्ता/ सूचना अधिकारी

प्र .ना .उ .हरिबहादुर

जिल्ला प्रहरी कार्यालय कास्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0