“युवाको जाँगर राष्ट्र निर्माणको आधार” शिक्षा , स्वास्थ्य ,खेलकुद तथा पर्यटन प्रवदुनको नाराको साथ युनाइटेड क्लब पोखरा द्वारा आयोजित अमरसिंह मा.वि. को विशाल खेल मैदान मा यहि पौष २५ गते देखि माघ ७ गते सम्म १३ औं पोखरा महोत्सव, २०८१ हुने भएको छ। यो देशको कला, संस्कृतिको उचित जगेर्ना गरी देशमा लुकेर बसेका कला, संस्कृति प्रदर्शन गराई यस क्षेत्रलाई कला संस्कृतिको जगेर्ना गराई आर्थिक परिवर्तन ल्याउन तथा आन्तरिक तथा वाह्त्य उत्पादित वस्तुहरूलाई सर्वशुलभ रूपमा उपभोक्ता समक्ष पुऱ्याई यस क्षेत्रलाई आर्थिक हिसावले सवल बनाई शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन तथा कृषि क्षेत्रको विकास गर्नकालागि साथै क्लबले लिएको छात्रावास निर्माणको लक्ष्यलाई प्राथमिकतामा राखी शुरु गर्न लागेको १३ औं पोखरा महोत्सव, २०८१ को तयारि तिब्र गतिमा अघि बढेको छ। देशमा कला, संस्कृति, भेष-भूषाको संरक्षणमा टेवा पुर्याउन , शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई संवृद्धि तिर लम्क्यउन , देशमा विकसित प्रविधिको जानकारी सर्वसाधारण समक्ष पुर्याउन, पर्यटकीय स्थानको बारेमा आन्तरिक तथा वाह्य पर्यटक समक्ष जानकारी पुर्याउन, स्थानीय उत्पादन तथा वाह्य उत्पादित वस्तुको बजार सहजीकरण गराउन, सबै कलाकारहरूको प्रतिभा प्रष्फुटनमा सहयोग पुऱ्याउन , आर्थिक चलाईमान गराई रोजगारी सिर्जना गराउन महोत्सवका उद्देश्यहरू रहेको आज पत्रकार सम्मेलनमा महासचिव दिनेश सुनार ले बताउनु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0