
पोखरा ,२७ पौष
सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको एक्स्पोको उद्घाटन उप–प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्नु भएको थियो। हुन्। समारोहमा संघका पदाधिकारी, सहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।प्रमुख अतिथि समेत रहनु भएका उप–प्रधानमन्त्री सिंहले यस्ता व्यापारिक प्रदर्शनीहरूले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भएको थियो। उहाँले, “एक्स्पोले स्थानीय उद्योग–व्यवसायलाई बलियो बनाउन र आर्थिक मन्दी चिर्न महत्त्वपूर्ण योगदान दिनेछ भन्ने विश्वास लिएको र यो पहलले समग्र क्षेत्रको आर्थिक गतिविधिलाई पनि गति दिनेछ भन्ने अपेक्षा छ गर्नु भएको थियो। एक्स्पोमा करिब एक सय पचासवटा स्टलहरू रहेका छन्। धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले यस्ता मेला र प्रदर्शनीहरूलाई निरन्तरता दिन उपमहानगरपालिकाले सधैं साथ दिने बताएका छन्।

