प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माको अध्यक्षतामा बैठक बसि निर्णय गरियो

  • ख-
  • ख
  • ख+

पोखरा ,कार्तिक १८ गते

 मिति २०७२/०७/१७ गते कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माको अध्यक्षतामा जिल्लास्थित कार्यालयका प्रमुखहरुको उपस्थितिमा कार्यालय प्रमुख बैठक बसि देहायका विषयमा निर्णय गरेको छ ।
                         देहाय :
– प्रभावकारी र पूर्वानुमानयोग्य रुपमा सेवा प्रवाह गर्ने ।
– एकद्धार प्रणाली मार्फत सेवा प्रवाह, वढि भिडभाड हुने कार्यालयहरुमा टोकन प्रणाली लागु गर्ने
-सेवाग्राही सहायत तथा सहजीकरणका लागि सेवाग्राही सहायता कक्ष स्थापना र सञ्चालन
– सूचनामूलक सेवा प्रवाह र सामाजिक सञ्जालहरुको प्रभावकारी उपयोग नियमित रुपमा कार्यालय वेभसाईट अद्यावधिक गरी Informative बनाउने
– अनलाईन प्रणाली मार्फत गुनासो सुनुवाई प्रणाली सञ्चालन
– लक्षित वर्गलाई उच्च प्राथमिकता प्रदान गरी सेवा प्रवाह गर्ने
– निर्वाध रूपमा विकास आयोजना सञ्चालन तथा व्यवस्थापन
– समन्वयात्मक तवरले प्रभावकारी विपद् पूर्वतयारी, प्रतिकार्य र व्यवस्थापन
– सवारी दुर्घटना न्यूनीकरण, सडक पूर्वाधार सुधार, सडक सुरक्षा, सडक अनुशासन पालना र ट्राफिक व्यवस्थापन
– अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति, बजार अनुगमन र उपभोक्ता हित संरक्षण
– कर्मचारी आचारसंहिता पालना मार्फत आचरण सुधार र जिल्लामा आयोजना हुने कार्यक्रम व्यवस्थापन सम्बन्धमा ।
– जेन-जी आन्दोलनमा क्षति भएका उपकरण सवारी साधन र कार्यालय सामाग्रीहरुको मिनाहा प्रकृया सम्बन्धमा ।
– सार्वजनिक सरकारी जग्गा र सम्पत्ति संरक्षण सम्बन्धमा ।
– वेरुजु लगत अद्यावधिक र फर्छ्यौट सम्बन्धमा ।
– सूचना प्रविधि प्रणाली प्रयोगकर्ता तथा प्रणाली सञ्चालन कर्ता कर्मचारीका     लागि जारी गरिएको साइबर सुरक्षा एडभाइजरी कार्यान्वयन सम्बन्धमा ।
– मिति २०८२।०७।१२ गतेको सचिव बैठकको निर्णय कार्यान्वयन सम्बन्धमा ।

नेपाली न्यूज मिडिया नेटवर्कद्वारा सञ्चालित यो एक डिजिटल समाचार पत्रिका हो। यसले मुख्यतया राष्ट्रिय र अन्तराष्ट्रिय समसामयिक विषयका समाचारहरू प्रकाशन गर्दै आइरहेको छ।
हामीसँग तपाइ फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम र टिकटकमा पनि हामी संग जोडिन सक्नु हुन!!
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

राजनीति

समाचार