पोखरा , माघ ६ गते

नवौ तनहुँ महोत्सवमा सबैभन्दा धेरै मङ्गलबार दर्शकको भीड लागेको थियो । माघे सङ्क्रान्ति पर्व र सार्वजानिक बिदा भएकोले एकै दिन १२ हजार देखि १५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको तनहुँ उद्योग वाणिज्य सङ्घका महासचिव तथा महोत्सवका प्रवक्ता सुवोध अधिकारीले जानकारी दिनुभएको थियो । छैटौं दिन मङ्गलबार सम्ममा करीव ५५ हजार दर्शकले अवलोकन गरेको र दुई करोडको आर्थिक कारोबार भएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

महोत्सवमा गायक सन्जिव सिंह रानाले धुलो उडाए यस्तै मङ्गलबार आर्कषणको केन्द्र बन्नुभयो चर्चित गायक सन्जिवसिंह राना । महोत्सवमा रानाले मुग्लिनको ‘बाटोमा धुलो उडाउँदै…’ बोलको गीत गाउँदा नाच्ने दर्शकको भीड लाग्दा महोत्सवमा धुलो उडेको थियो । गायक रानाले वान टु म पनि जान्छु , ए मेरो मामा बोलको गीत गाएर दर्शक नचाउनुभयो । गायक रानाले धन मागे त छैन मन मागेमा दिउँला बोलको गीतको भावुक गीत गाउनु भएको थियो । गायक रानाले यो गीत मञ्चबाट तल ओर्लिएर दर्शकसँग गाउनु भएको थियो ।

महोत्सवमा मङ्गलबार साँझ कुमार सागर व्याण्डको प्रस्तुति रहेको थियो ।सातौ दिन गायक पशुपति शर्मा सहितको चर्चित कलाकार आउनु भएको थियो ,यस्तै  चर्चित कलाकारहरुको प्रस्तुति  भएको थियो । चर्चित गायक पशुपति शर्मा, कमेडिएन माकुरी, गायिका प्रीति आले, भीम विष्ट, कमेडियन सुन्दरमणी खनाल, गायिका शान्तिश्री परियार, गायक वसन्त विक र समृद्धि परियारको प्रस्तुति हुने राष्ट्रिय कलाकार संयोजक महेशकुमार मल्लले जानकारी दिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0