
पोखरा,कार्तिक २४ गते
जेन जी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने २ जना मानिस पक्राउ
मिति २०८२।०५।२४ गते जेन-जी आन्दोलनको क्रममा कास्की जिल्ला स्थित रहेका विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयहरु, व्यक्तिगत घर पसलहरुमा समेत आगजनी, तोडफोड तथा लुटपाट गर्ने व्यक्तिहरुको पहिचान तथा अनुसन्धान गर्दै जाँदा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले खोजतलास तथा अनुसन्धानको क्रममा मिति २०८२।०७।२१ गते जिल्ला गोरखा स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ५ बस्ने वर्ष २८ को दिपक कुँवर र जिल्ला धादिङ स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ५ बस्ने वर्ष २३ को दिपक राना मगरको घरकोठाबाट निम्नानुसारको चोरीका सामानहरु बरामद गरी निजहरुलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी कसूरमा दिन चार (४) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।
बरामद सामानहरुको विवरण र फोटो
१ . Dell कम्पनीको CPU – ३
थान,
२ . Dell कम्पनीको मनिटर – १
थान,
३ . मन्टिप्लग – २ थान,
४ . HANNA in Struments लेखिको मेसिन
सहितको डिब्बा -१ थान
५ . विभिन्न व्यक्तिहरुको नाममा रहेको सवारी चालक अनुमति पत्र -३६ थान
जिल्ला प्रहरी कार्यालय, कास्की प्रा ना उ हरि बहादुर बस्नेत







