खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा, कास्की को आ. व. २०८२/८३ को प्रथम त्रैमासिक प्रगति समिक्षा गोष्ठि सम्पन्न

  • ख-
  • ख
  • ख+

पोखरा ,कार्तिक २५ गते

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा, कास्की को आ. व. २०८२/८३ को प्रथम त्रैमासिक प्रगति समिक्षा गोष्ठि सम्पन्न भएको छ।
आ. व. २०८२/८३ को प्रथम त्रैमासिक प्रगति समिक्षा गोष्ठि कार्यक्रम को अध्यक्षतामा पोखरा का वरिष्ठ खाध अनुसान्धान अधिकृत श्री विजन श्रेष्ठ रहनु भएको थियो , विशेष अतिथि मा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौँ कि वरिष्ठ खाध अनुसान्धान अधिकृत श्री बालकुमारी शर्मा रहनु भयको थियो , राष्‍ट्रिय उपभोक्ता मंच कास्की का अध्यक्ष श्री राजेन्द्र लिगल कार्यक्रम को प्रमुख अतिथि रहनु भएको थियो भने अन्य डिभिजन कार्यालय बाट कार्यालय प्रमुखहरु र पत्रकारहरुको सहभागीमा उक्त कार्यक्रम सम्पन्न भएको थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा, कास्की का वरिष्ठ खाध अनुसान्धान अधिकृत श्री विजन श्रेष्ठ ले गत तिन महिना को अवधिमा भएका क्रियाकलापहरुको जानकारी दिनु भएको थियो।

उहाँले कास्की, पर्वत र स्याङजा जिल्ला उद्योगहरुको अनुज्ञापत्र सम्बन्धि कार्य गण्डकी प्रदेशका सम्पूर्ण जिल्ला र खाद्य बजार, होटेल रेस्टुरेन्ट तथा संयुक्त अनुगमनगरेको बारे जानकारी दिनु भयो। मिति २०७८/०७/०२ गते देखि साबिक को खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखरा बाट खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा कास्कीमा स्तरोन्नति भएको पनि जानकारी दिनु भएको थियो। मिति २०७९/०४/०१ गते देखि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय,बाट प्रयोगशाला विश्लेषण सेवा संचालन गरि गण्डकी प्रदेश भित्र प्रयोगशाला सेवा सुरु गरिएको बताउनु भएको थियो। कास्की,पोखरा का प्रमुख वरिष्ठ खाध अनुसान्धान अधिकृत श्री विजन श्रेष्ठ ले खाद्य तथा दाना उद्योगको अनुज्ञापत्र सिफारिस, जारि तथा नवीकरण, खाद्य तथा दाना उद्योग, बजार तथा होटल रेस्टुरेन्ट अनुगमन निरीक्षण,खाद्य तथा दाना नमूना संकलन,खाद्य तथा दाना नमूना विश्लेषण, खाद्य तथा दाना ऐन अनुरुप कारवाही र राजस्व संकलन तथा वित्तिय प्रगति बारे आजको प्रगति समिक्षा गोष्ठि कार्यक्रम मा बताउनु भएको थियो।

उहाँले पोखरा बाट खाध बजार अनुगमन निरिक्षण ४९ पटक , दाना बाजार अनुगमन ६ पटक ,होटलरेस्टुरेन्ट अनुगमन ५४ पटक ,खाध उधोग अनुगमन ७० पटक ,दाना उधोग अनुगमन १ पटक , Rapid Response Modality मा बजार अनुगमन र उजुरी गुनासो क्रमश १ पटक र ५ पटक , संवेदनशील खाधपदार्थहरु (दुध ,तेल ,पानि) लगायत उत्पादन गर्ने उधोग अनुगमन १५ पटक गरिसकेको जानकारी गराउनु भएको थियो।त्येस्तै गरेर अनुगमन निरिक्षण तनहुं बाट Food safety emergency response ६ पटक,खाद्य उद्योग अनुगमन २० पटक,खाद्य बजार अनुगमन २६ पटक,आहारपुरक खाद्य पदार्थ बिक्रि बितरण गर्ने पसल अनुगमन ३ पटक ,होटल रेस्टुरेन्ट अनुगमन २२ पटक ,दाना बजार अनुगमन २ पटक ,हाट बजार / मेला महोत्सव अनुगमन १ पटक ,बिद्यालय/क्याम्पस/अस्पताल /क्यान्टिन अनुगमन २ पटक ,संवेदनशील खाद्य पदार्थअनुगमन ५ पटक भएको उहाले बताउनु भएको थियो।

बाग्लुङ्ग बाट खाद्य तथा दाना बजार निरीक्षण अनुगमन १६ पटक खाद्य (४८ वटा ),१ पटक दाना (२ वटा) (१७ पटक ५० वटा), खाद्य तथा दाना उद्योग १५ वटा (संवेदनशील खाद्य पदाथासमेत गरी),संयुक्त अनगुमन ११ पटक (१५७ वटा )होटेल/रेस्टुरेन्त्ट २१ पटक (१२६ वटा ) साथै संयुक्त रुपमा बागलङु, म्याग्दी र मस्ताङ जिल्ला अनुगमन गरेको प्रमुख वरिष्ठ खाध अनुसान्धान अधिकृत श्री विजन श्रेष्ठ ले कार्यक्रम मा बताउनु भएको थियो।

खाद्य प्रषिधि तथा गुण नियन्त्रण कार्यालय , दमौली, तनहुँ बाट उजरुी गनुासो सम्बोधनको क्रममा भएका काम कारवाहीहरु अन्तर्गत उजुरी गुनासोलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय गोरखाका सहायक प्र.जि.अ श्री चित्रांगत बराल ज्यूको नेतृत्व एवम् खाद्य डिभिजन दमौली, पर्यटन तथा उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, गोरखा उद्योग कोणज्य संघ, गोरखा चेम्बर अफ कर्मस, सञ्ज्ञास्कर्मी ज्यू सहितको संयुक्त अनुगमन टोलीले उद्योग बजार अनुगमन निरीक्षण गरेको, म्याद नाघेका सामाग्री तत्काल नष्ट गर्नुका साथै अनुमति पत्र नलिइ व्यवसाय संचालन गर्ने र सरसफाइ नगर्ने केही व्यवसायमा कारवाही समेत भएको बताउनु भएको थियो।

त्येस्तै गरेर उहाँले खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दमौली, तनहुँ ले चाडपर्व लक्षित संयुक्त बजार अनुगमन गर्दा बालपर्व लक्षित बजार अनुगमनको क्रममा असोज ७ गते लमजुङ वेशिहरका बेकरी, आइ‌सक्रिम तथा पानी उद्योग, असोज ४ गते तनहूँ जिल्ला सुझे बजारका १५ बढी पसल, होटलहरू र आज ९ गते गोरखा जिल्ला कालिका र पालुङटार नगरपालिकामा गोरखा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी ज्यू पालिका उपाध्यक्ष उपप्रमुख ज्यू प्रमुख प्रशासकीय अधिकृत ज्यू, खाद्य डिभिजन दमौली, पर्यटन तथा उद्योग कार्यालय गोरखाका प्रमुख इलाका प्रहरी कार्यालय, संचारकर्मी ज्यू सहितको संयुक्त बजार अनुगमन सम्पत्र गरिएको जानकारी गराउनु भएको थियो।

४० वटा खाध्य नमूना संकलन गरिएको , डुबेको एउटा केक पसल संचालकले कमसल कच्चा पदार्थ प्रयोग गरेको पाइए पछि बन्दिपुर गाउँपालिका वडा नं १ का वडाध्यक्ष श्री शिवकुमार श्रेष्ठ समेतको रोवहर ऐन बमोजिम मुद्दा प्रक्रिया अघि बढाइएको , गोरखाका दुई व्यवसाय संचालकलाई सहायक प्र.जी. अ. श्री चित्रांगत बराल बाट जरीवाना समेत गरिएको ,खाद्य डिभिजन नवलपुर जिल्ला कावासोती बजार स्थित प्रादेशिक अस्पताल तथा आसपासका स्वास्थ्य संस्थाहरुमा आहारपुरक हस्पिटल तथा क्यान्टिनमा जिल्ला प्रशासनका कार्यालय नवापरासी वर्दघाट सुस्ता पूर्वका सहायक प्र. जी. अ. माधव प्रसाद शर्मा ज्यूको नेतृत्वमा संयुक्त चाडपर्व लक्षित उद्योग बाजार अनुगमन गरेको बताउनु भएको थियो। खा.प्र.गु नि का.पोखरा ले २०८२/८३ प्रथम त्रैमाशिक अवधिमा जफत् नस्ट अन्दाजी मुल्य रु २३२६८ /-,डिभिजन कार्यालय तनहुँ ले १,८६,११५/-,डिभिजन कार्यालय बाग्लुङ्ग ले ६१,४३५/- गरि जम्मा रु २,७०,८१८/-जफत नस्ट गरेको बताउनु भएको थियो। खा.प्र.गु नि का., पोखरा ले ९ वटा खाद्य तथा दाना नमुना संकलन गर्दा कुनै नमुना पनि प्रतिकुल नादेखिएको र खाद्य प्रषिधि तथा गुण नियन्त्रण कार्यालय , दमौली, तनहुँ ले ३० वटा खाद्य तथा दाना नमुना संकलन गर्दा ३ वटा नमुना मा प्रतिकुल देखिएको वरिष्ठ खाध अनुसान्धान अधिकृत श्री विजन श्रेष्ठ ले बताउनु भएको थियो।

२०८२/८३ प्रथम त्रैमाशिक अवधिमा खा.प्र.गु नि का., पोखरा ले एभेरेस्ट मसला उद्योग पोखरा
-१७, कास्की लाइ न्युनस्तरको खाद्य पदार्थ उत्पादन तथा बिक्रि बितरण भएको पाइएकोले खाद्य निरीक्षक दीपक कुँवर वादीको रुपमा जिल्ला प्रशासन कार्यालय कास्की बाट २०८२/४/१५ मा मुद्दा दायर गर्नु भएको थियो। खाद्य प्रषिधि तथा गुण नियन्त्रण कार्यालय , दमौली, तनहुँ बाट मुद्दा न्यून स्तरको प्रशोधित शुर्यमुखी तेल (अम्बेब्रान्ड) उत्पादन बिक्रि बितरण भएको पाइएकोले अनुसान्धन अधिकारि खा. अ. अ. ज्योति आचार्य ,जाहेरी कर्ता खा. नि. अ. अभिलाषा अर्याल डडेलधुरा भै प्रतिवादी कालिका रिफ़ाइनरि उधोग प्रा लि गैडाकोट-०७ नवलपरासी बर्दघाट सुस्ता पुर्व का संचालक माथि २०८१/०६/२७ गते श्री जिल्ला प्रशाशन कार्यालय नवलपरासी ( बर्दघाट सुस्ता पुर्व ) मा मुद्दा दायर भएको बताउनु भएको थियो।

खा.प्र.गु नि का., पोखरा कास्की को आ. व. २०८२/८३ प्रथम त्रैमासिक अवधिमा भारित् प्रगति
७०.०५% ,खाद्य प्रषिधि तथा गुण नियन्त्रण कार्यालय , दमौली, तनहुँ भारित् प्रगति ८१. ९% ,डिभिजन कार्यालय बाग्लुङ्ग को भारित् प्रगति ८०. ०६ % रहेको छ भने खा.प्र.गु नि का., पोखरा कास्की को आ. व. २०८२/८३ प्रथम त्रैमासिक अवधिमा राजस्व संकलन तथा बित्तिय प्रगति ६०. २९ %,डिभिजन कार्यालय तनहुँ को बित्तिय प्रगति ६४.४५ %, र ,डिभिजन कार्यालय बाग्लुङ्ग को बित्तिय प्रगति ७६ . ८७ % रहेको र प्रथम त्रैमासिकमा राजश्व संकलनः जम्मा रु ४,३४,२४५।- भएको विजन श्रेष्ठ रहनु भएको थियो।

खा.प्र.गु नि का., पोखरा कास्की को समस्या चुनौती भनेको आफ्नो भवन नभयकोले जग्गा प्राप्त गर्नको लागि मन्त्रालय सामु पहल गरिरहेको बताउनु भएको थियो। उहाँले आगामी दिनमा ठुला ठुला होटेल नभई स- साना होटेल रेस्टुरेन्टहरुमा पनि निरन्तर हाम्रो प्रयासले भ्याउने जति अनुगमन गर्नेनै छौं भनि बताउनु भएको थियो। विशेष अतिथि समेत रहनु भएकी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौँ कि वरिष्ठ खाध अनुसान्धान अधिकृत श्री बालकुमारी शर्मा ले प्रगति विवरण राम्रो रहेको बताउनु भएको थियो। शर्मा ले प्रथम त्रैमासिक मा चाडपर्व पर्ने भएकाले कार्यक्रम अझै तन्दुरुस्त बनाउन नसकिएको हुन्छ भने दित्तीय त्रैमासिक देखि भने कार्यक्रमहरु अनुगमनहरु थप हुँदै जाने हुन्छ। उहाँले छुट्टीको समयमा पनि खा.प्र.गु नि का., पोखरा कास्की ले निरीक्षण तथा अनुगमन लाइ प्रभावकारी रुपमा काम गरिरहेकाले सहारना ब्यक्त गर्नु भएको थियो।

उहाँले मन्त्रालय बाट आउने थोरै पैसाले काम गरिरहेको अबस्था मा खा.प्र.गु नि का., पोखरा कास्की ले गरेको कामको अपडेट लाइ राम्रो गरेको बताउनु भएको थियो। उहाँले खा.प्र.गु नि का., पोखरा कास्की ले रैथाने बालि र पोषण सम्बन्धि तत्वको प्रवद्द्न कार्यक्रम गर्न खोजेको मा र Street Food को लागि पनि काम गरिरहेकाले खा.प्र.गु नि का., पोखरा कास्की लाइ धन्यवाद दिंदै यो कुरालाई राम्रो संग सम्प्रेषण गरि खाध स्वच्छता लाइ निरन्तर पिलरको रुपमा अघि बढाउने पत्रकारजगत को भूमिका अहम रहेको बताउनु भएको थियो। प्रमुख अतिथि समेत रहनु भएका राष्‍ट्रिय उपभोक्ता मंच कास्की का अध्यक्ष श्री राजेन्द्र लिगल ले जहाँ धेरै मात्रामा होटलहरु चल्छन त्यो होटेलहरुमा निरीक्षण, अनुगमन गरौँ भन्ने सुझाव समेत राख्नु भएको थियो।

 

नेपाली न्यूज मिडिया नेटवर्कद्वारा सञ्चालित यो एक डिजिटल समाचार पत्रिका हो। यसले मुख्यतया राष्ट्रिय र अन्तराष्ट्रिय समसामयिक विषयका समाचारहरू प्रकाशन गर्दै आइरहेको छ।
हामीसँग तपाइ फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम र टिकटकमा पनि हामी संग जोडिन सक्नु हुन!!
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

राजनीति

समाचार