नेपाली कांग्रेसले महाधिवेशनको सम्बन्धमा  प्रस्तावहरु पारित गर्यो

  • ख-
  • ख
  • ख+

 पोखरा ,कार्तिक ३० गते
२०८२ कार्तिक २९ गते शनिबार भएको नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा आयोजित भेलाले देशको वर्तमान  परिस्थिति, नेपाली कांग्रेसको महाधिवेशनको सम्बन्धमा प्रस्तावहरु पारित गरेको छ ।
(१) भाद्र  २३ २ २४ गते भएको जेनजीले प्रस्ताव गरेको प्रदर्शनको क्रममा ज्यान गुमाउनेहरु प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै हार्दिक समवेदना प्रकट गर्दै  प्रदर्शनमा घाइते हुनुभएका सम्पूर्ण घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
(२) नेपाली कांग्रेसका सभापति आदरणीय शेरबहादुर देउवा तथा केन्द्रीय सदस्यहरु माथि भएको अमानविय र  हमला गरी साङ्घ्तिक  आक्रमण बाट घाइते बनाइएको उहाँ लगाएत नेपाली काग्रेस पार्टी कार्यालय ,सरकारी तथा नजि सम्पत्ति र कार्यकर्ता को निवासमा भएको आगजनी प्रति  भेलाले घोर भत्सना र निन्दा गरेको छ ।
( ३ )नेपाली कांग्रेस अहिले कठिन मोडमा उभिएको र यस पार्टीले आफूलाई परिवर्तन गरि जनताका माझ जानुपर्ने
अवस्थामा छ, विगतदेखि नेपाली कांग्रेसलाई नेपाली जनताले सधैव  साथ र सहयोग दिदै आएको बताइएको थियो । नेपाली कांग्रेस माथी  जनताको अगाध विस्वास र भरोसा रहेकै हो तर हामीले जनताको चाहना बमोजिम आफ्‌ना सिद्दान्त  र आदर्श अनुसारको व्यवहार गर्न नसकेको विषय जनताले वारम्बार जनताले सचेत गराएकै हो । आज एक पटक फेरी जनताका माझ हामी हाम्रा  कमी -कमजोरीहरु, हाम्रा आन्तरिक वैचारिक विचलन, सिद्धान्तगत गल्ती र विगतका सम्झौताहरुको आत्म समिक्षा गर्दै समस्त नेपाली जनता र शुभेच्छुक  महानुभावहरु प्रति क्षमायाचना गर्न चाहन्छौं र अब यस्ता गल्ती कमीकमजोरीहरु नदोहोर्याउने  र दोहोरिन नदिने प्रतिवद्दता व्यक्त गरेको छ ।
(४) नेपाली कांग्रेसको स्थानीय तहदेखि केन्द्रीय कार्यसमितिको पदावधि समाप्त हुन लागेकोको बर्तमान अवस्थामा नियमित महाधिवेशन वा विशेष महाधिवेशन भन्ने विषयमा बहस भइरहेको प्रस्ताव पारित गरेको  छ। यो दुर्भाग्य हो यश  विषयलाई लिएर करिव १ महिनादेखि बसिरहेको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गर्न नसकेकोले अन्योल को  वातावरण बनेको छ । लामो समय सम्म अनिर्णयको बन्दी भएर बसिरहदा तल रहेका कार्यकर्ता र सुभेच्छुकहरुमा निराशा बढिरहेको देखिन्छ। यसैले अब नेपाली कांग्रेस अलमलिनु हुँदैन रोकिनु हुँदैन । स्पष्ट दृष्टिकोण लिएर निर्भिकताका साथ अगाडि बढ्न चुक्नुहुदैन भन्ने नेपाली कांग्रेसको मान्यता रहेको छ । यसैले नेपाली कांग्रेसले वर्तमान अवस्थाबाट सुध्रेर नयाँ परिचालित अवस्थाको नेपाली कांग्रेस बनेर आम निर्वाचनमा जनताका साथ जानुपर्ने टड्कारो खाचो रहेकोेले आगामी मंसिर महिना भित्र १५ औं महाधिवेशन गर्नु पर्दछ भन्ने भेला ले ठहर गरेको छ । यदी कुनै कारणवस नियमित महाधिवेशन गर्न नसकिने  अवस्था भएको हो भने पार्टीको विधान वमोजिम ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सहित माग  भएको
विशेष महाधिनेरान यही मंसीर मसान्त भित्र अनिवार्य गर्नुपर्दछ भन्नेमा भेलाले  ठहर गर्दै र केन्द्रीय कार्यसमितिमा पठाउने निर्णय गरेको छ ।
(५)  नेपाली कांग्रेसको गौरवपूर्ण इतिहासमा आफ्नो सिद्धान्त र आदर्शप्रति अविचल निष्ठा प्रकट आइरहेको छ । अहिले देशमा विषम परिस्थिति रहेको र राष्ट्र, प्रजातत्त्र र पार्टीको रक्षा र हालसम्मको उपलब्धीको रक्षा नेपाली कांग्रेसको काँधमा पुनः एक पटक आइपरेको  भेलाले बताएको छ । यसैले यस अवस्थामा सम्पूर्ण नेपाली कांग्रेसका कार्यकर्ताहरु एकताका साथ उच्च मनोवल लिएर अगाडि बढ्न  भेला आ‌ह्वान गरेको र  साथै, नेपाली कांग्रेसले आफ्‌नो एतिहासिक विरासत राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रताको बाटो बाट नै आफ्‌नो संगठन र प्रजातन्त्रको भविष्य उज्जवल रहने कुरा हृदयम गर्दै अगाडि बढ्ने, प्रण भेला ले गरेको छ।

नेपाली न्यूज मिडिया नेटवर्कद्वारा सञ्चालित यो एक डिजिटल समाचार पत्रिका हो। यसले मुख्यतया राष्ट्रिय र अन्तराष्ट्रिय समसामयिक विषयका समाचारहरू प्रकाशन गर्दै आइरहेको छ।
हामीसँग तपाइ फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम र टिकटकमा पनि हामी संग जोडिन सक्नु हुन!!
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

राजनीति

समाचार