लागू औषध ब्राउन सुगर सहित २ जना मानिस पक्राउ

  • ख-
  • ख
  • ख+

पोखरा ,मङ्सिर १२ गते

मिति २०८२।०८।१० गते अन्दाजी १८:०० बजेको समयमा जिल्ला कास्की पोखरा
महानगरपालिका वडा नं.१२ कुँडहर चोक स्थित लागू औषध बिक्री बितरण भई रहेको भन्ने
सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्युरो
पोखराबाट खटिएको सयुक्त प्रहरी टोलिले ग २६ प ३७९७ नम्बरको स्कुटर रोकी चेकजाँच
गर्दा स्कुटर चालक जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ६ बस्ने वर्ष २२ का
दिपेन छन्त्याल र पछाडी सवार जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.८ बस्ने
वर्ष २५ का राहुल शेरचनलाई रितपुर्वक तलासी लिँदा निजहरुको साथबाट प्लाष्टिकमा
लुकाई छिपाई राखेको ३ वटा पोका मध्ये दुई वटा पोकामा लागू औषध ब्राउनसुगर जस्तो
देखिने पदार्थ ०.३२ ग्राम र १ पोकामा लागू औषध चरेश जस्तो देखिने पदार्थ १.३३ ग्राम
बरामद भएकोले निजहरू दुबै जनालाई नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला
अदालतबाट लागू औषध सम्बन्धी कसूरमा दिन पाँच (५) म्याद थप गरी अनुसन्धान प्रकृया
अगाडी बढाईएको ।

जिल्ला प्रहरी कार्यालय, कास्की

 

नेपाली न्यूज मिडिया नेटवर्कद्वारा सञ्चालित यो एक डिजिटल समाचार पत्रिका हो। यसले मुख्यतया राष्ट्रिय र अन्तराष्ट्रिय समसामयिक विषयका समाचारहरू प्रकाशन गर्दै आइरहेको छ।
हामीसँग तपाइ फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम र टिकटकमा पनि हामी संग जोडिन सक्नु हुन!!
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

राजनीति

समाचार