शनिवार ,पोखरा मा छैटौँ योमरी महोत्सव सम्पन्न भएको छ

  • ख-
  • ख
  • ख+

पोखरा ,मङ्सिर १४ गते

पोखरा मा छैटौँ योमरी महोत्सव (Pokhara Sixth Yomari Festival) सम्पन्न भएको छ। पोखरा महानगरपालिका वडा न ४ को आयोजना मा नेवा : मिसा पूच कास्कीको आवहान तथा पोखरा ४ का मिसा पुचहरुको सहकार्यमा छैटौँ योमरी महोत्सव “संस्कृति संरक्षण, सम्बद्र्धन र प्रवर्द्धन” भन्ने नाराका साथ हिजो (शनिबार ) सम्पन्न भएको हो । पोखरा महानगरपालिका वाड नं ४ ले हरेक वर्ष आयोजना गर्ने योमरी महोत्सव यस बर्ष पनि विभिध कार्यक्रम गरि मनाइएको थियो ।

महोत्सवको उदघाटन पोखरा महानगरपालिकाका मेयर धन राज आचार्यले गर्नु भएको थियो ।।नेवारी कला/संस्कृति जोगाउने, यःमरी जस्ता परम्परागत परिकारलाई पुनर्जीवित गर्ने, र स्थानीय पर्यटक दुबैले सहभागी हुन सक्ने सांस्कृतिक-पर्यटनिय महोत्सव बनाउने उद्देश्य महोत्सव को रहेको थियो । योमरी प्रतियोगिता मा विभिन्न समूहहरुले प्रतिस्पर्धा गरेका थिए जहाँ स्वाद, विधि, सामग्री लगाएत आधारमा प्रतियोगी को मूल्यांकन गरिएको थियो ।नेवारी परिकारको स्टलहरू: चाकु यःमरी, खुवा यःमरी लगाएत परम्परागत खानाका स्टल रहेका थिए ।सांस्कृतिक कार्यक्रमहरू: विद्यार्थी नृत्य, झाँकी (परम्परागत झाँकी प्रदर्शन), ब्यान्ड शो लगाएत गतिविधि उक्त महोत्सव मा रहेको थियो ।

योमरी प्रतियोगिता महोत्सव मा प्रथम, दोस्रो, तेस्रो, र सान्त्वना को लागि क्रमश: रु १५,०००, १०,०००, ६,०००, ३,००० प्रदान गरिएको थियो । महोत्सवले ‘यमरी’ जस्ता लुप्त हुँदै गरेको परिकारलाई पुनर्जीवित गर्ने पहल गरेको, र नयाँ पुस्तालाई परम्परागत संस्कृति र खानाको महत्व बुझाउन मद्दत पुगेको आयोजकहरूको भनाइ रहेको थियो । आयोजक पक्षका अनुसार योमरीलाई सबै समुदायको लागि साझा खानाको रूपमा प्रवर्द्धन गर्ने र यसले पोखराको सांस्कृतिक सम्पदालाई मजबुत बनाउने लक्ष्य रहेको थियो। यसरी नेवार समुदायका महत्वपूर्ण कार्यहरूमा बनाइने योमरीको सांस्कृतिक धार्मिक तथा वैज्ञानिक महत्व रहेको पोखरा महानगरपालिका वडा ४ का अध्यक्ष देवकृष्ण पराजुली बताउनु भएको थियो । योमरी पूर्णिमा पनि एक विशेष पर्व हो। विशेषगरी नेवार समुदायमा प्रचलित योमरी पुण्ही नेपाल सम्वत अनुसार मङ्सिर शुक्ल पूर्णिमाको दिन योमरी पुण्य तथा धन धान्य पूर्णिमा भनेर मनाइने गरिन्छ।

नेपाली न्यूज मिडिया नेटवर्कद्वारा सञ्चालित यो एक डिजिटल समाचार पत्रिका हो। यसले मुख्यतया राष्ट्रिय र अन्तराष्ट्रिय समसामयिक विषयका समाचारहरू प्रकाशन गर्दै आइरहेको छ।
हामीसँग तपाइ फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम र टिकटकमा पनि हामी संग जोडिन सक्नु हुन!!
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

राजनीति

समाचार