
पोखरा ,मङ्सिर १५ गते
८ औं विश्व एड्स दिवस मनाइयो ।
एड्स हेल्थकेयर फाउन्डेसन नेपाल गण्डकी (AHF NEPAL ) को आयोजना मा आज पत्रकार महासङ्घ कास्की को सभाहल मा ” अवरोधहरु पार गरौं, एडस प्रतिकार्य रुपान्तरण गरौं” भन्ने मुल मन्त्र लिएर पत्रकार सङ्ग अन्तर्किया कार्यक्रम गरि ३८ औं विश्व एड्स दिवस मनाइएको थियो । AHF NEPAL गण्डकी प्रदेश प्रमुख श्री विधा कोइराला ले नेपाल मा दैनिक १.७ % का दर ले HIV संक्रमण फैलिरहेको र नेपाल सरकार ले वि. स. २०३० सम्म मा एड्स रोग लाई निर्मुल गर्ने लक्ष्य राखेको बताउनु भएको थियो । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा का फिजिसियन ड : शरद चन्द्र बराल ले यस बर्ष को एड्स दिवस लाई फरक ढंगले मनाउने लक्ष्य राखेको बताउनु भएको थियो । उहाँले एड्स रोग को छेउमा संधै देखिने रातो रिबन जस्तो चिन्हले ले सांकेतिक सचेतनामुलक संदेश प्रवाह गर्ने भनि बताउनु भएको थियो।
ड : शरद चन्द्र बराल ले HIV भनेको एक किसिमको virus हो , HIV भनेको रोग होइन , यो डेङ्गु भने जस्तै एक किसिमको virus हो , जस्ले शरीरमा आक्रमण गरेपछी रोग ल्याउन सक्दछ । एड्स भनेको यो जन्मजात आउने रोग होइन, हाम्रो शरीरको सेतो रक्तकेशिका लाई आक्रमण गर्ने CD4 नै AIDS हो । यस्ले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली एकदमै कमजोर बनाउछ । यो रोग समलिङ्गी पुरुष बाट , सुइ/ सिरिन्ज को माध्यम बाट ,लागुपदार्थ प्रयोग कर्ता बाट , महिला यौन कर्मिहरु तथा उनिहरुका ग्राहक हरु बाट , संक्रमीत आमा बाट बच्चा हरुलाई यो रोग सर्न सक्छ, संक्रमीत अंग प्रत्यारोपण बाट र खास गरि Key Population भएको स्थान मा बढि मात्रामा HIV संक्रमीत व्यक्तिहरु देखा पर्ने ड: शरद चन्द्र बराले बताउनु भएको थियो ।
यो रोग लागेका मानिसहरु ले खोक्दा, आछयौ गर्दा, चुम्बन गर्दा, हात मिलाउदा,संक्रमीत व्यक्तिहरुले प्रयोग गरेका भाडाकुडा प्रयोग गर्दा,सार्वजनिक शौचालय प्रयोग गर्दा यो रोग नसर्ने डा बराल ले बताउनु भएको थियो । यो रोग को मुख्य लक्षण भनेको ज्वरो आउनु, टाउको दुख्नु,थकान महशुस गर्नु,जिउहरु गलेको अनुभव गर्नु,ग्रन्थिहरु सुन्निदै जानू, वजन घटनु , जोर्निहरुमा दुखाइ हुनु,राती पशिना आउनु , खाना रुचि कम हुनु HIV को मुख्य लक्षण रहेको ड : शरद चन्द्र बराल ले बताउनु भएको थियो । यो रोग प्रवेश गर्ने तीन वटा चरण हुन्छ, यो रोग लागेपछी ART नामक औषधि निरन्तर सेवन गरियो भने मधुमेह रोग लागेको मानिसहरु भन्दा बढि बान्च्न सकिने ड. बराल ले बताउनु भएको थियो । समुदाय भित्र विभिन्न किसिमका लाल्छना, भेदभाव ले यो रोग बढि सिर्जित हुन सक्ने भएको ले आ- आफ्नो स्थान / समुदाय भित्र त्यस्ता भेदभावलाई ह टाउन सकियो भने पनि यो रोग नियन्त्रण गर्न सकिने बताउनु भएको थियो ।
नेपाल मा वि. स २०६३ साल बाट ART औषधि दिन शुरु गरेको र वि. स २०७२ साल देखि AHF NEPAL ले नेपाल सरकार सङ्ग सहकार्य गर्दै आइरहेको बताउनु भएको थियो । AIDS को औषधि पुर्ण रुपमा निशुल्क रहेको, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा मा यो औषधि सटेज कहिलै नभएको ड. बराल ले सम्मेलन मा बताउनु भएको थियो । HIV संक्रमीत व्यक्तिहरुमा TB रोग एकदमै हुन सक्ने बताउनु भएको थियो । उहाँले एचआईभी संक्रमितहरुलाई क्षयरोग सजिलो गरि सर्ने भएकोले क्षयरोग लागेका सबैको एचआईभी परीक्षण गर्नुपर्छ र एचआईभी भएका सबैको नियमित रूपमा क्षयरोग जाँच गर्नुपर्छ, एचआईभीको नियमित औषधी सेवननै क्षयरोग रोकथामका लागि एक महत्वपूर्ण उपाय पनि बन्न सक्छ भनी बताउनु भएको थियो । नेपालमा एचआईभी तथा यौन रोग रोकथाम र प्रतिकार्यका लागि वि. सं २०४९ सालमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र स्थापना भएको थियो ।
सन २०२४ को अन्त्यसम्म नेपालमा ३४,३३७ व्यक्तिहरुमा एचआईभी संक्रमण भएको अनुमान गरिएको थियो ।वयस्क जनसंख्यामा ०.१३ प्रतिशत संक्रमण (प्रिभ्यालेन्स दर) रहेको छ । सन् २०२४ मा ६१४ व्यक्तिहरुमा एचआईभीको नयां संक्रमण भएको अनुमान गरिएको थियो भने सन् २००० को तुलनामा ८९ प्रतिशतले घटेको पाइएको छ ।
सन् २००० मा ५ हजार ६ सय व्यक्तिहरुमा नयां संक्रमण अनुमान गरिएको थियो भने सन् २०१० को तुलनामा ७६ प्रतिशतले कम रहेको छ । नेपाल मा सन् २०२४ मा मात्रै ५ सय ६९ व्यक्तिहरुको एड्सको कारणले मृत्यु भएको थियोे भने , सन् २०१० को तुलनामा ७६ प्रतिशतले कम भएको र सन् २०१० मा २ हजार ४ सय व्यक्तिहरुको एड्सको कारणले मृत्यु भएको थियो। सन् २०२४ मा ३७ बच्चाहरुमा (०- १४ वर्ष) नयां संक्रमण भएको थियो , भने सन् २०१० को तुलनामा ८६ प्रतिशतले घटेको थियो र सन् २०१० मा २६० बच्चाहरुमा नयां संक्रमण भएको थियो ।
सन २०२४ को (२०८१ को मंसीर) अन्त्य सम्ममा नेपालमा २६ हजार ३ सय ७२ संक्रमितहरुले एन्टीरेट्रोभाईरल (एआरभी। उपचार लिइरहेका छन् र कुल एचाइभि संक्रमित मध्ये ७७ प्रतिशत एआरभी उपचारमा रहेका छन् । नेपालमा पनि सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यलाई हासिल गर्न ९५-९५-९५ र एचआईभीको जांच र उपचारको रणनितिमा आधारित भएर एचआईभी तथा एड्स सम्बन्धी कार्यक्रमहरु संचालन भइरहेका छन् । सन् २०२४ सम्म ९५-९५-९५ लक्ष्यहरु अन्तर्गत ९५ प्रतिशत एचआईभी संक्रमितहरुले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, ती मध्य ९५ प्रतिशतको औषधी उपचारमा पहुंच हुने र ती औषधी खानेहरु मध्ये १५ प्रतिशतको भाइरल लोड न्यून भएको कार्यक्रम मा बताइएको थियो । सन् २०२० मा सम्पन्न राष्ट्रिय सर्वेक्षण अनुसार नेपालमा सुईद्वारा लागू पदार्थ प्रयोग गर्नेहरुमा ३ प्रतिशतका दरले एचआईभीको संक्रमण रहेको पाइएको र सन् २०१७ २०१८ मा भएका सर्वेक्षणहरु अनुसार महिला यौनकर्मीहरुमा २.२ प्रतिशत र पुरुष समलिंगीहरुमा ६.२ प्रतिशतका दरले एचआईभीको संक्रमण रहेको पाइएको छ।
सन् २०२४ मा सम्पन्न राष्ट्रिय सर्वेक्षण अनुसार भारतमा काम गर्न जाने नेपाली कामदारहरुमा एचआईभीको संक्रमण ०.२ प्रतिशत रहेको पाइएको आजको अन्तर्कृया मा तथ्यांक सार्वजनिक गरिएको थियो । कार्यक्रम मा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा का फिजिसियन ड : शरद चन्द्र बराल ले आफ्नो अस्पतालमा HIV संक्रमीत विरामिहरुलाइ कुनै किसिमको TAG लगाएर अर्को वाड तर्फ पठाउदैनौ ,सामान्य विरामी सरह नै HIV संक्रमीत लाई राख्छौं ,हरेक महिनामा अस्पताल परिसर बाट पढेर निस्कने डाक्टरहरुलाई HIV बारे सोधपुछ गर्ने गरिएको बताउनु भएको थियो ।






