पोखरा ,मङ्सिर १८ गते
रेवान पोखराको आयोजनामा आगामी पुष १३ देखि १७ गते सम्म हुन लागेको २७ औं संस्करणको पोखरा सडक महोत्सवका बारेमा जानकारी दिन आज पत्रकार सम्मेलन भएको थियो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालको पर्यटकीय राजधानी पोखराको मुटु लेकसाइडमा विगत २६ वर्षदेखि अनवरत रूपमा आयोजना हुँदै आएको नेपालकै सबैभन्दा ठूलो ‘पोखरा सडक महोत्सव’ (Pokhara Street Festival) २७औं संस्करणको संघारमा आइपुगेको छ ।
लामो गौरवमय इतिहासलाई निरन्तरता दिंदै रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा आगामी २०८२ पौष १३ देखि १७ गतेसम्म (अंग्रेजी नयाँ वर्षको अवसरमा) फेवा तालको किनार लेकसाइडको करिब साढे तीन किलोमिटर क्षेत्रमा यो महोत्सव सञ्चालन हुने भएको छ । “सडक मै खाउ, सडक मै नाचौँ, सडक मै रमाउँ” भन्ने मूल नाराका साथ खाना, संस्कृति र संगीतलाई प्रवर्द्धन गर्ने यस महोत्सवले पोखराको पर्यटनमा मात्र नभई समग्र नेपालको पर्यटन विकासमा विशेष स्थान ओगटने छ । महोत्सवको ऐतिहासिक महत्व कुनै समय अङ्ग्रेजी नयाँ वर्ष मनाउन भारतको गोवा र थाईल्याण्ड जाने परम्परा थियो तर, पोखरा सडक महोत्सवले त्यो परम्परालाई तोड्दै पोखरालाई “अङ्गेजी नयाँ वर्षको प्रमुख गन्तव्य” (Destination for English New Year) का रूपमा स्थापित गर्न सफल भएको छ ।
सडक महोत्सवले केवल एउटा कार्यक्रम मात्र नभई पोखराको पहिचान, ‘ब्रान्ड’ र गौरवमय इतिहासको अभिन्न हिस्सा बनिसकेको आयोजको भनाइ छ । कहिले राजनीतिक अस्थिरता र आन्दोलनको सकस, कहिले २०७२ सालको विनाशकारी भूकम्पको पीडा, त कहिले विश्वलाई नै ठप्प पार्ने कोरोना (कोभिड-१९) महामारीको सन्नाटा पछिल्लो समय जेनजी आन्दोलन ,यी सबै हाम्रा सामु पहाड बनेर उभिए तापनि, यस्ता विषम परिस्थिति र संकटका बाबजुद दिगो पर्यटनको परिकल्पनालाई सार्थक बनाउन रेवान पोखरा निरन्तर लागिपरेको सम्मेलनमा जानकारी गरिएको थियो । हरेक संकटपछि सुस्ताएको पर्यटन व्यवसायलाई पुनरुत्थान (Revival) गर्न र ‘पोखरा सुरक्षित तथा खुला छ’ भन्ने सन्देश विश्वसामु प्रवाह गर्न यो महोत्सवले सञ्जीवनीको भूमिका खेलेको आयोजक को दावी छ ।
पोखरा आफैमा प्राकृक्तिक र सांस्कृतिक रूपमा एक ‘खुला संग्रहालय’ (Open Museum) जस्तै शहर भएको ले सडक महोत्सवले यही पहिचानलाई स्थापित गर्दै पर्यटन तथा अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास रेवान पोखरा ले लिएको छ । जाडोयाममा सुस्ताउने पर्यटन व्यवसायलाई चलायमान बनाउँदै यसले ‘बाह्रै महिना पोखरा’ को सन्देश विश्वभर प्रवाह गरेको पत्रकार सम्मेलन मा बिग्यप्ती मार्फत सम्मेलनमा जानकारी गराइएको थियो । सडक महोत्सवले पोखरा तथा आसपासका गाउँहरूमा उत्पादन हुने कृषि उपज, हस्तकला र घरेलु सामग्रीलाई प्रदर्शन र विक्रीको अवसर प्रदान गर्दै स्थानीय तथा ग्रामीण अर्थतन्त्रलाई गतिशील बनाएको अपेक्षा आयोजक रेवान पोखरा छ । क्रिसमस र नयाँ वर्षमा विदेशी पर्यटकहरूले नेपालमै बसेर रमाउन सक्ने वातावरण सिर्जना गरी विदेशी मुद्रा आर्जनमा समेत प्रत्यक्ष सहयोग पुऱ्याएको समेत रेवान पोखरा ले सम्मेलन जानकारी गरेको थियो ।
नेपालका विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक झाँकीहरू, मौलिक भेषभुषा र परम्परागत नृत्यहरूको प्रदर्शन । यो सांस्कृतिक हस्तान्तरण र संरक्षणको एक महत्वपूर्ण मञ्च हुने, स्वादको उत्सव (Food Festival): “सडकमै खाऔं” भन्ने नारालाई सार्थक पार्दै सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारहरू (Street Food) को प्रत्यक्ष स्वाद लिन पाइने व्यवस्था , मनोरञ्जनः नेपालका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरूको ‘लाइभ कन्सर्ट’, मौलिक लोक दोहोरी गीत प्रस्तुति हुने , साहसिक तथा खेलकुद गतिविधिः फेवा तालमा बोट रेस, वेटर रेस, टंग अफ वार (Tug of War) र पर्यटकहरूका लागि लेक्षित विशेष खेल गतिविधिहरू हुने, शैक्षिक तथा प्रवर्द्धनात्मक कार्यक्रमः पोखराको पर्यटनका अवसर र चुनौतीबारे विज्ञहरूसँग ‘टक शो’ (Talk Show) पोखराको सौन्दर्य झल्कने वृत्तचित्र प्रदर्शन र फोटो प्रदर्शनी हुने सम्मेलन मा आयोजक ले जानकारी गरेको थियो ।
२७ औं संस्करणको पोखरा सडक महोत्सव को मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रा.लि,सह-प्रायोजकहरूः यति डिष्ट्रिलरी प्रा.लि., बोटलर्स नेपाल (तराई) लि.र दि नेपाल डिष्टिलरी प्रा.लि ,बैंकिङ पार्टनरः सिद्धार्थ बैंक लि ,प्रवर्द्धकहरू मा गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद् पोखरा भ्रमण वर्ष २०२५ र सहयोगी संस्थाहरु मा म पानी, गृहलक्ष्मी ग्यास, अन्नपूर्ण केवल कार, रेड बुल रहने भएको पत्रकार सम्मेलन मार्फत बिग्यप्ती उल्लेख गरिएको थियो ।पोखरा सडक महोत्सव केवल रेवानको आयोजना मात्र नभई सिङ्गो पोखरा र नेपालकै राष्ट्रिय पर्यटन उत्सव भएको ले उक्त महोत्सव लाई सफल, भव्य र सभ्य बनाउन सम्पुर्ण पोख्रेलीहरुलाइ आवहान समेत आयोजक रेवान पोखरा ले गरेको थियो ।







