पोखरा‌मा दशौँ पर्वतीय महोत्सव २०८२ ” सुरु भएको छ ,पर्वतीय वातावरण, जलवायु परिवर्तन बारे भोलि डिस्कसन प्यानल हुने

  • ख-
  • ख
  • ख+

पोखरा ,मङ्सिर २५ गते

पोखरा‌मा दशौँ पर्वतीय महोत्सव २०८२” सुरु भएको छ ।  नेपाल पर्वतारोहण संघ (NMA) को आयोजना  मा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रातो पाइरो, पोखरा मा शुरु गर्न लागिएको हो । महोत्सव को उद्द्घाटन गण्डकी प्रदेश को माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ज्यु ले गर्नु भएको थियो। महोत्सव २०८२ मंसिर २५ गते देखि शुरूवात भै २०८२ मंसिर २७ गते( 11ThDec To 13 Th Dec)  समापन हुने भएको छ । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय (International Mountain Museum), रातो पाइरो परिसरमा आयोजना भएको उक्त कार्यक्रम मा नेपाल पर्वतारोहण संघ का महासचिव तथा कार्यक्रम का  बिशेष  अतिथी  रहनु भएका श्री राजेन्द्र बहादुर लामा ले हाम्रो हिमाल ले संसार भरी हामिलाइ चिनाएको छ । हाम्रो देश मा हिमाल को आफ्नै विशेषता छ , हिमालय पर्वत अत्यन्तै सान्दर्भिक बैज्ञानिकता को संसार भनेर पनि लिन सकिन्छ ।आज हाम्रो पवित्र हिमाल/ पर्वत जलवायु  को सिकार बन्दै गएको छ । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय ले निरन्तर पर्वतिय महोत्सव आयोजना गरि पर्वतारोहिहरु को मनबोल उच्च राख्न , पर्वतारोहण गर्ने पर्वतारोहिहरु लाई विश्व सामु पुर्याउन सफल भएको छ । त्यसका लागि म पुन:  यस अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरा लाई धन्यवाद दिन चाहान्छु ,त्यसैले हिमाल को अझै महत्व  बुझ्न सके हाम्रो नाम हिमाल ले विश्व सामु  चिनाउन मद्दत गर्नेछ भनी कार्यक्रम मा बताउनु भएको थियो । उक्त कार्यक्रम मा पोखरा पर्यटन परिषद का अध्यक्ष श्री तारानाथ पहारिले पर्यटकिय क्षेत्र भनेको अत्यन्तै संबेदनसिल क्षेत्र हो । हाम्रो पोखरा को पर्यटन मात्र नभै समग्र नेपालकै पर्यटन मा केही बर्ष अघिको कोभीड र भदौ २३ र २४ गते भएको Gen Z  आन्दोलन ले पर्यटन क्षेत्र लाई धरासिएको बनाएको र  त्यसलाई चलयामन गर्न हामी जुटिरहेका छौं , साथै पर्यटन क्षेत्र को विकास लाई तिव्र गतिमा लैजान यस अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरा ले बर्सेनि महोत्सव को आयोजना गर्ने गरेको सबैमा बितित भैसकेको जानकारी गराउनु भएको थियो ।अध्यक्ष पहारिले यो International Mountain Museum ले महोत्सव लगाइ राख्दा खेरी यहाँ आउने आन्तरिक तथा बाह्यय पर्यटक ले अर्कै हौसला सिर्जना भै , पोखरा मा थप केही समय बिताउन सक्ने भएको कार्यक्रम मा बताउनु भएको थियो । नेपाल पर्वतारोहण संघ (NMA) का अध्यक्ष श्री Phur Gel Je ले अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरा मा  दशौँ पर्वतीय महोत्सव भएको मा गौरवान्ति हुँदै महोत्सव को भव्यता को शुभकामना दिदै,  विस्वास को सबैभन्दा ठुलो issue बनेको हाम्रो Glacier नै हो । Glacier ले आज संसार चिनाउन सफल भएको छ । संसार भर यौटा त्यस्तो देश हो जहाँ बढि हिमालय पर्वतहरु प्रशस्त छ्न , त्यो देश नै हाम्रो देश नेपाल हो । Glacier मानव जीवन को लागि सबैभन्दा महत्त्वपूर्ण बस्तु बनेको छ ।मानव प्राणि लगाएत अन्य जीव जन्तुहरु लाई पनि आवश्यक पर्ने बस्तु बनेको छ । संसार कै सबैभन्दा अग्ला १४ वटा हिमालहरु र ८ वटा ६,००० मिटर भन्दा माथी उचाइ भएका हिमालहरु आज हाम्रो देश मा खडा भएको कार्यक्रम मा बताउनु भएको थियो । अध्यक्ष श्री Phur Gel Je ले हाम्रो सिङ्गो देश लाई आज हिमाल ले चिनाएको छ ।  यहि हिमाल को कारण बाट  अन्तर्राष्ट्रिय स्तरमा हाम्रो यो International Mountain Museum चिनाउन मद्दत पुग्ने छ , बिशेश गरि पोखरा को पर्यटन प्रबर्द्धन मा सघाउ पुर्याउने हेतुले यो विशेष कार्यक्रम गरिएको छ , धेरै भन्दा धेरै आन्तरिक तथा बाह्यय पर्यटकहरु पोखरा मा भित्रीउन , पोखरा पर्यटन क्षेत्र मात्र नभै आर्थिक क्षेत्र विशेष गरि, tourism Sector, Trekking Sector, Hotel Sector लगाएत पोखरा को अन्य क्षेत्र मा सहयोग पुगुन भन्ने हेतुले यो International Mountain Museum को प्राङ्गणमा महोत्सव को आयोजना गरिएको बताउनु भएको थियो। वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश का माननीय मन्त्री श्री भेष बहादुर  पौडेल ले अहिले को हाम्रो मेन समस्या भनेको Climate Change र Global Warming नै हो । Glacier बिना हामी जिउँन पनि सक्दैनौं , नेपाल को विकास को मुख्य स्रोत नै Tourism नै हो । हामिले Tourism क्षेत्र लाई Nature Base र Culture Base बनाएर अघि सार्न सकियो भने विकास हुन, कुनै असम्भव नभएको दावि गर्नु भएको थियो । मन्त्री श्री भेष बहादुर पौडेल ले हामिलाइ Nature ले जे बस्तु दिन्छ त्यसलाई नै उपयोग मा ल्याउन सक्ने हो भने र त्यसलाइ बेस बनाएर हाम्रो प्रोडक्ट  Sell गर्ने वातावरण मात्रै सिर्जना गर्न सक्ने हो भने हाम्रो Nature को थप महत्त्व हुँदै हामी अघि बढन सक्ने छौं ।International Mountain Museum पोखरा मा भएको यो महोत्सव ले tourism sector का लागि ठुलो गुन पक्कै लगाएकै छ ।यहाँ कहिँ न कहि पर्यटकहरु आइरहने छ्न । यहाँ आउने पर्यटकहरुले यो महोत्सव को मात्र अवलोकन नगरी International Mountain Museum भित्र रहेका हाम्रा अग्रज का सम्झनाहरु, हिमाल र हिमनदिको मह्त्व झल्कने बस्तुहरु, हिमाली संस्कृति,  पर्वतीय समुदायका जीवनशैलीलाई  झल्काउने बस्तुहरुको अवलोकन गरि पोखरामा थप केही दिन बस्न्ने बाताबरण सिर्जना गरेको मा हामी गौरावान्ती हुनुनै पर्ने छ भनी बताउनु भएको थियो । कार्यक्रम का प्रमुख अतिथि गण्डकी प्रदेश का माननीय मुख्य मन्त्री श्री सुरेन्द्रराज पाण्डे ले दशौँ पर्वतीय महोत्सव को भव्यता को शुभकामना दिदै नेपाल यौटा पर्वतीय राष्ट्र हो , करिब ८,००० मिटर भन्दा बढी उचाइ मा रहेको हाम्रो हिमाल, पर्वत ले हाम्रो जीवन सङ्ग अन्योन्याश्रित सम्बन्ध राखेको छ , पर्वतिय/ हिमाल क्षेत्र लाई संरक्षण गर्नु हामी सबैको साझा दायित्व रहन्छ , हाम्रा केहि पर्वतियहरु जोखिम मा परेका छ्न ,Global Warm को कारण बाट हिमालहरु पग्लिएका छन , हिमालहरु पग्लिनु मा हाम्रा कारण नभै शक्तिशाली राष्ट्रहरुको कारण बाट हो ,तर त्यस को सजाय हामिले भोग्नुपरेको छ , Climate change लाई कसरी challenge गर्ने भन्ने मा गण्डकी प्रदेश सरकार लागिपरिरहेको बताउनु भएको छ । मन्त्री पाण्डे ले पोखरा लाई पर्यटन शहर को राजधानी घोषणा गर्नु भनेकै Domestic Tourist लाई पनि प्राथमिकता दिन हो , जस्ले गर्दा पोखरा मा पर्यटक संख्या कति आए , कति समय पर्यटक ले पोखरा मा बिताए , उनिहरुले के कति खर्च गरे भन्ने आंकडा राख्न र समग्र पोखरा को आर्थिक चलायमान लाई जोडन पनि पर्यटकीय राजधानी घोषण गरेको बताउनु भएको थियो । मन्त्री पाण्डे ले पोखरा वरपरि गरि ११ वटा नयाँ Satellite मार्फत नयाँ पर्यटकिय स्थल अवलोकन गरेको समेत बताउनु भएको थियो । गण्डकी प्रदेश सरकार ले अन्नपूर्ण पद मार्ग, मनाङ पद मार्ग , मनास्लु पद मार्ग बाहेक का अन्य नयाँ रुटहरु पत्ता लगाउन विशेष प्याकेज को घोषण गरेको  बताउनु भएको थियो । हामिले गण्डकी प्रदेश मा आउने पर्यटकहरुलाइ आर्थिक लक्षित बनाएर उनिहरुको बसाइँलाई लम्ब्याउने प्रयास गरिरहेको समेत  मन्त्री पाण्डे ले कार्यक्रम मा बताउनु भएको थियो । मुख्य मन्त्री सुरेन्द्र राज पाण्डे ले करिब २ करोड को लागत मा वोटानिकल गार्डन् योजना  बनाउने  अघि सारेको बताउनु  भएको थियो । गार्डन् हेर्न आउने ले म्युजियम पनि हेर्छ र म्युजियम हेर्न  आउने ले गार्डन पनि हेर्छ भन्ने सोच का साथ  वोटानिकल गार्डन् योजना लाई अघि सारेको बताउनु भएको थियो । उहाँले ले फेवाताल को चारैतिर /वरपर पनि पद मार्ग बनाउने गुरु योजना मा गण्डकी प्रदेश सरकार लागेको बताउनु भएको थियो । उहाँले सो पदमार्ग बाट पर्यटकहरु लोभिने र थप केही दिन पोखरा मै बस्ने भएको ले यहाँ को आर्थिक चलायमन बढाउने कन्सेप पनि अघि सारेको बताउनु भएको थियो । उहाँले ले हर्पन खोला मा करिब १५ करोड को लागत मा  सेल्फी ब्रिज बनाउने योजना समेत कार्यक्रम मा बताउनु भएको थियो । यी सबै Activities  गर्नु भनेको हाम्रो सिङ्गो गण्डकी प्रदेश र पोखरा को भविष्य मा आर्थिक रुपमा सफल  बनाउनु नै हो ।  गण्डकी प्रदेश भित्र का सबै निकाय, संघ संस्थाहरु कै साथ् बाट बाट हामिले यस्ता गुरुयोजाना अघि बढाएको माननीय मुख्यमन्त्री  सुरेन्द्रराज पाण्डे ज्यु बताउनु भएको थियो ।तिन दिन सम्म संचालन हुने यो पर्वतीय महोत्सव मा पर्वतीय वातावरण, जलवायु परिवर्तन बारे भोलि डिस्कसन प्यानल हुने भएको छ।महोत्सव ले हिमाल र हिमनदी को संरक्षण, तिनीहरूबाट बग्ने पानी र भोजनको आपूर्तिमा पर्ने जोखिम, र पर्वतीय जीवनको महत्त्व बारे सार्वजनिक चेतना बृद्धि गर्ने लक्ष्य राखेको छ । साथै, स्थानीय समुदाय, विद्यार्थी, पर्यटक र अनुसन्धानकर्तालाई जोड्ने प्लेटफर्म पनि प्रदान गर्ने, पर्वतीय क्षेत्रको संरक्षण र चेतना फैलाउने महोत्सवको मुख्य उद्देश्य रहेको छ।

नेपाली न्यूज मिडिया नेटवर्कद्वारा सञ्चालित यो एक डिजिटल समाचार पत्रिका हो। यसले मुख्यतया राष्ट्रिय र अन्तराष्ट्रिय समसामयिक विषयका समाचारहरू प्रकाशन गर्दै आइरहेको छ।
हामीसँग तपाइ फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम र टिकटकमा पनि हामी संग जोडिन सक्नु हुन!!
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

राजनीति

समाचार