निर्वाचनलाइ “डर :मय” बनाउन गण्डकीमा सुरक्षा गोष्ठी २०८२ को समुद्घाटन सम्पन्न

  • ख-
  • ख
  • ख+

पोखरा ,मङ्सिर २९ गते

सरकारका माननीय गृहमन्त्रीज्यूको प्रमुख आतिथ्यमा गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी २०८२ समुद्घाटन भएको छ ।शान्ति, सुरक्षा तथा विपद् व्यवस्थापन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश, पोखरा को आयोजना मा गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी २०८२ को समुद्घाटन भएको छ । समुद्घाटन मा बोल्दै गृहमन्त्रालय का सह – सचीव गोबिन्द रिजाल ले प्रदेशस्तरीय सुरक्षा गोष्ठी २०८२ स्थापना गर्नु मुल उद्देश्य भनेको , जिल्लाहरुमा वर्तमान अवस्था के छ ? समन्वय को अवस्था के छ ? र फागुन २१ गतेको निर्वाचन लाई मर्यादित र शान्तिपुर्वक बनाउनु हो भनी बताउनु भएको थियो ।

 

कार्यक्रम मा गण्डकी प्रदेश का माननीय मुख्यमन्त्री श्री सुरेन्द्र राज पाण्डे ले अहिलेको विषम परिस्थिति मा प्रदेश सुरक्षा गोष्ठी आवश्यक महसुस गरि यो कार्यक्रम आयोजना गरिएको बताउनु भएको थियो । मन्त्री पाण्डे ले विगत को भन्दा अहिलेको परिस्थिति धेरै फरक रहेको बताउँदै भदौ २३ र २४ गतेको आन्दोलन ले यो मुलुक र जनताको परिस्थिति फेरिदिएको छ । जिल्ला स्तर देखि केन्द्र सम्म चुनौती को चाङ थपिएको र Gen Z को आन्दोलन पश्चचात सुरक्षा निकाएको मनवोल गिरेको बताउनु भएको थियो । सुरक्षा निकायप्रती जनताको भरोसा पनि कमि आएको मन्त्री पाण्डे ले बताउनु भएको थियो । तसर्थ सुरक्षा निकायलाइ मनवोल उच्च बनाइ को घोषण गरेकै समयमा निर्वाचन सम्पन्न गर्नु अहिले को आवश्यकता रहेको र यदि निर्वाचन भएन भने झन चुनौती माथी धेरै चुनौती थपिने मन्त्री पाण्डे ले बताउनु भएको थियो । यो निर्वाचन पहिलेको जस्तो सरल छैन , बिगत मा भन्दा अहिले चुनाव गर्न कठिनाइ छ ।

 

राजनैनिक दलहरुले हामिलाइ वायोपास गर्ने हो कि भन्नेमा बस्नु परेको अवस्था रहेछ । ७६१ राजनैतिक दलहरू मध्य अहिले एउटा को पनि सरकार छैन , तसर्थ संघिय , प्रदेश र स्थानिय सरकार ले एक आपसमा पुर्ण जिम्मेवार लिएर निर्वाचन को लागि समन्वयकारी भुमिका निर्वाह गर्ने गरि सबै तहका सुरक्षा निकायलाई सजग बनाउनु आवश्यक रहेको मन्त्री पाण्डे ले बताउनु भएको थियो । कार्यक्रम मा गृहमन्त्री ओम प्रकाश अर्याल ले सुशासन, भ्रष्टाचार नियन्त्रण गर्ने मनसाय ले अहिलेको सरकार निर्माण भएको बताउनु भएको थियो ।तोकिए कै समयमा निर्वाचन गर्ने गरि सरकार गठन भएको उल्लेख गर्नु भएको थियो । जेन – जि आन्दोलन बाट मृतक प्रतिका आँसु र पिडाले आक्रान्त भएको बेला , उनिहरुका परिवार का पिडा र समग्र मुलुक कै पिडा लाइ छिटो भन्दा छिटो मलम लगाउन ,आम नागरिकलाई पुरानै अवस्था जस्तो लय मा फर्काउन जति शक्दो छिटो अहिलेको सरकार गठन  गर्नु पर्ने   आबश्यकता भै  सरकार गठन गरेको  बताउनु भएको थियो।

मन्त्री ओम प्रकाश अर्याल ले सार्वजनिक सेवालाइ सहयोग गर्न , क्षत ग्रस्त भएको संरचनालाइ पुन :संरचना गर्न अहिलेको सरकार गठन भएको भन्दै पुन: संरचना लाई सहयोग गर्ने सम्पुर्ण निकाय लाई समेत धन्यवाद दिनु भएको थियोे । प्रदेश सरकार संग समन्वय गरि निर्वाचन को लागि तयारी गरिरहेको पनि उहाँले बताउनु भएको थियो ।अहिलेसम्म करिब ७०% कैदीहरु फिर्ता पनि आइसकेका कार्यक्रममा मन्त्री अर्याल ले बताउनु भएको थियो ।निर्वाचन लाई स्वतफुर्त बनाउन , निर्वाचन सम्पन्न गर्न सुरक्षा चुनौती पनि रहेको र त्यसका लागि गृहमन्त्रालय पुर्ण रुपमा लागिपरेको मन्त्री अर्याल ले बताउनु भएको थियो ।

नेपाली न्यूज मिडिया नेटवर्कद्वारा सञ्चालित यो एक डिजिटल समाचार पत्रिका हो। यसले मुख्यतया राष्ट्रिय र अन्तराष्ट्रिय समसामयिक विषयका समाचारहरू प्रकाशन गर्दै आइरहेको छ।
हामीसँग तपाइ फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम र टिकटकमा पनि हामी संग जोडिन सक्नु हुन!!
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

राजनीति

समाचार