वि‌द्यार्थीलाई खाद्य स्वच्छता र पोषण सम्बन्धी विशेष प्रशिक्षणः अस्वस्थकर खानपान त्याग्न विज्ञहरुको सुझाव
पोखरा ,पुष ९ गते

विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासका लागि स्वस्थ र सन्तुलित खानपानको महत्त्वबारे सचेतना जगाउने उद्देश्यले श्री जनप्रिय माध्यमिक बिध्यालय, पोखरा-०८,सिमलचौर मा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, पोखराका कार्यालय प्रमुखको, बरिस्ठ खाद्य अनुसन्धान अधिकृत श्री विजन श्रेष्ठको अधक्ष्यतामा एक विशेष सचेतना कार्यक्रम सम्पन्न भएको छ। खाद्य प्रबिधि तथा गुण नियन्त्र कार्यालय, पोखरा को प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रममा विद्यार्थी र शिक्षकहरूलाई खाद्य स्वच्छता तथा गुणस्तर पहिचान गर्ने तरिकाबारे जानकारी दिइएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका प्रधानाध्यापक श्री देवी प्रसाद बस्ताकोटी ले वर्तमान समयमा बालबालिकाहरू जंक फुड को लतमा फसेका कारण उनीहरूको सिकाइ क्षमतामा ह्रास आइरहेको बताउनुभयो। साथै विद्यार्थीलाई जीवनोपयोगी खाद्य स्वच्छता, गुणस्तर तथा पोषण सम्बन्धि सचेतना कार्यक्रमको लागि आफ्नो बिध्यालय छनोट गरिदिनुभएकोमा कार्यालयप्रति आभार समेत प्रकट गर्नुभयो | कार्यक्रमका मुख्य प्रशिक्षक तथा खाद्य अनुसन्धान अधिकृत श्री सरस्वती गिरी र केमिस्ट आकाश बुढा मगरले प्रशिक्षणका क्रममा निम्न ४ वटा मुख्य स्तम्भमा जोड दिनुभएको थियो ।

>  खाद्य स्वच्छता (Food Hygiene): "खेतदेखि भान्छा सम्म खाना कसरी सफा राख्ने ? हात धुने सही तरिका, भान्छाको सरसफाइ र खाना भण्डारण गर्दा ध्यान दिनुपर्ने कुराहरू,
>  पोषणको महत्त्व (Nutrition): शरीरलाई आवश्यक पर्ने कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन र खनिज पदार्थको सन्तुलन कसरी
मिलाउने? विशेष गरी स्थानीय स्तरमा पाइने कोदो, फापर, मकै र हरियो सागपातको महत्त्वबारे चर्चा गरिएको थियो।
> लेबल रिडिङ (Label Reading): बजारिया सामान किन्दा प्याकेटको पछाडि लेखिएको 'Exp. Date' (उपभोग्य मिति),
'Batch Number' र 'Ingredients' (मिसावट भएका वस्तु) कसरी हेर्ने भन्ने प्रयोगात्मक अभ्यास गराइएको थियो।
> मिसावट र गुणस्तर: दूध, तेल र मसलाहरूमा हुन सक्ने सम्भावित मिसावट कसरी छुट्याउने भन्नेबारे विद्यार्थीलाई
जानकारी दिइयो। कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूले आजैदेखि जंक फुड कम गर्ने र घरमै बनेको ताजा खाजा खाने सामूहिक प्रतिबद्धता जनाएका थिए। विद्यालय परिवारले आगामी दिनमा विद्यालयको क्यान्टिनमा पत्रु खाना (Junk Food) निषेध र स्वास्थ्यकर खानाको व्यवस्थाको प्रयास गर्ने जानकारी दिनुभयो। कार्यक्रममा करिब १६० जना विद्यार्थीहरू गरि करिब १७६ जनाको सक्रिय सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन खाद्य अनुसन्धान अधिकृत श्री सरस्वती गिरीले गर्नुभएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0