
काठमाडौं ,पुष १७ गते
वैदेशिक रोजगारीमा जानको लागि भिसा आवेदनमा पेस गरेको प्रहरी चारित्रिक प्रमाणपत्रमा कन्सुलर सेवा विभागको स्ट्याम्प नक्कल गरि प्रमाणीकरण गर्ने कार्यमा संलग्न निम्न व्यक्तिहरूलाई पक्राउ गरि काठमाडौं जिल्ला अदालतबाट लिखत सम्बन्धी कसुरमा दिन ७ (सात) म्याद थप भइ अनुसन्धान भइ अनुसन्धान कार्य जारी रहेको ।
पक्राउ परेका मानिसहरू
१. जिल्ला बाजुरा, बुढीगंगा नगरपालिका ५ घर भइ जिल्ला काठमाडौं, कीर्तिपुर नगरपालिका ६ डेरा गरी बस्ने वर्ष ३३ को पृथ्वी बहादुर थापा ।
२. जिल्ला पाल्पा, रिब्दीकोट गाउँपालिका ८ घर भइ जिल्ला काठमाडौं, कीर्तिपुर नगरपालिका ९ स्थितमा मोनालिसा डिजिटल फोटो स्टुडियोका सञ्चालक वर्ष ३७ को सन्तोष पौडेल ।







