
पोखरा ,पुष १८ गते
खाद्य सम्बन्धि नयाँ / दाना ऐन नियम ,मापदण्ड बारे सरोकारवालाहरु सङ्ग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय-पोखरा को आयोजना र वुढीबजार बजार व्यबस्थापन समिति कास्की को सहकार्य मा खाद्य सम्बन्धि नयाँ / दाना ऐन नियम ,मापदण्ड बारे सरोकारवालाहरु सङ्ग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रम को अध्यक्षता खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय-पोखरा का प्रमुख वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठ ले गर्नु भएको थियो । कार्यक्रम को प्रमुख अतिथि मा ,लेखनाथ उद्योग वाणिज्य संघ (LCCI) कि अध्यक्ष श्री जानुका पराजुली अधिकारी हुनुभएको थियो। , विशिष्ट अतिथि मा लेखनाथ उद्योग वाणिज्य संघ (LCCI) का प्रथम उपाध्यक्ष श्री बिक्रम कर्मचार्य .रहनुभएको थियो।
विशेष अतिथिहरु मा वुढीबजार बजार व्यबस्थापन समिति कास्की का अध्यक्ष श्री आनन्द बजगाईं र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय-पोखरा का खाध्य अनुसान्ध अधिकृत शिवजी बराल को उपस्थिति मा भएको थियो , भने अन्य उपस्थितिहरुमा पोखरा महानगरपालिका उपभोक्ता मंच कास्की का अध्यक्ष श्री मिलन तिवारी ,र गुणस्तर तथा नापतौल कार्यालय, पोखरा का अधिकृत श्री रघुनाथ बराल ज्यु को उपस्थिति मा कार्यक्रम संचालन भएको थियो। खाद्य सम्बन्धि नयाँ / दाना ऐन नियम ,मापदण्ड बारे सरोकारवालाहरु सङ्गको उक्त अन्तरक्रिया कार्यक्रम २ वटा कार्य पत्र बाट शुरुवात गरिएको थियो। पहिलो कार्य पत्र को शुरुवात बारे वर्णन गर्दै अध्यक्ष ग्रहण गर्नु भएका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय-पोखरा का प्रमुख वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठले खाध्य पदार्थ भनेको मानव जीवन मा नभई नहुने बस्तु हो , हरेक दिन मा हामिले खाएको खानेकुरा स्वच्छ भयो
भने हामी स्वस्थ रहन सक्छौं । त्यसका लागि नेपाल सरकारले नयाँ ऐन ल्याएको छ। सरकारले नयाँ ऐन ल्याउने तर सरोकारवाला जति सबैलाई ऐन बारे थाहा नहुने भएको ले यो ग्याप हुन नदिन २ वटा ऐन मा टेकेर खाद्य स्वच्छता कसरी गर्न सकिन्छ , उत्पादक र व्यबसायिहरुले खाध स्वच्छता लाई कसरी निभाउने भन्नेमा यो कार्यक्रम गर्न लागिएको बताउनु भएको थियो । पहिलो कार्यपत्र प्रस्तुत गर्दै बिजन श्रेष्ठले हरेक बर्ष विश्व भर मा चार लाख बीस हजार मानिसहरु अस्वच्छ खानेकुरा प्रयोग बाट मृत्यु भएको बताउनु भएको थियो । उहाँले खाद्य पदार्थ स्वच्छ हुन , खाध पदार्थ मा :विषादी को अवशेष हुनुहुदैन,भेटेरिनरी औषधिहरु हुनुहुँदैन ,हानिकारक जीवाणुहरु हुनुहुदैन , ढुषि जन्य विषादी हुनुहुँदैन, विकिरण रहनु हुँदैन, भौतिक जोखिम हुनुहुँदैन, हेवि मेटल को प्रयोग हुनुहुँदैन ।
खाध्य योगशिल हुनुहुँदैन भनी कार्यक्रम मा बताउनु भएको थियो। खाध्य स्वच्छ्ता गुण नियन्त्रण प्रणाली अनुसार खाध्य अनुगमन निरीक्षण ,सर्भिलेन्स परिक्षण ,नितिगत संरचनागत एवं मापदण्ड निर्धारण ,सचेतना, सूचना सञ्चार र तालिम ले खाध्य स्वच्छता कायम हुने बताउनु भएको थियो । उहाँ ले नेपाल को संविधान २०७२ मा रहेको व्यवस्थाहरु अन्तर्गत खाध सम्बन्धि हो हक, उपभोक्ता हक सम्बन्धि जानकारी समेत गराउनु भएको थियो । खाध्य स्वच्छ्ता तथा गुणस्तर ऐन २०८१ को सम्बन्ध मा भएको साबिक खाध ऐन २०२३ परिमार्जन भई नयाँ खाद्य स्वछ्ता तथा गुणस्तर ऐन २०८१ श्रावण १९ गतेदेखि नयाँ खाध ऐन आएको र यसमै टेकेर हामिले खाध्य स्वच्छता कायम गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
उहाँ ले लेबल नलगाई उत्पादन तथा बिक्रीवितरण गर्न नहुने , लेबलमा उल्लेख हुनुपर्ने अनिवार्य विवरण अन्तर्गत खाध पदार्थको नाम , उत्पादको पूरा नाम, ठेगाना , समिश्रण, तौल , आयतन , बिक्रि मूल्य, ब्याच न. उत्पादन मिति ,उपभोग्य मिति ,तोकिएको खाद्य पदार्थमा पोषण सम्बन्धि विवरण ,नेपाली वा अङ्ग्रेजी भाषा मा लेबल लेख्नुपर्ने,चेतनामुलक सन्देश वा चित्र वा चिन्ह को प्रयोग सम्बन्ध मा जानकारी गराउनुको साथै प्रदेश तथा स्थानीय सरकारले अनुगमन तथा निरीक्षण गर्न सक्ने भन्ने बारेमा समेत कार्यक्रम मा जानकारी गराउनु भएको थियो । खाध्य अनुसान्ध अधिकृत शिवजी बराल ले दोस्रो कार्यपत्र प्रस्तु गर्दै सामान्यतया पशुपंक्षीको आवश्यकता अनुसार दाना पदार्थ खुवाउँदा त्यसले पशुपंक्षीको स्वास्थ्यलाई कुनै हानि नोक्सानी गर्दैन भने त्यस्तो दाना पदार्थलाई स्वच्छ तथा गुणस्तरीय दाना पदार्थ भनिन्छ, भनी दाना पदार्थको परिचय दिदै ,दाना पदार्थ मा स्वच्छ्ता ऐन नियम सम्बन्धि बारे प्रकट गर्नु भएको थियो ।
उहाँले कमसल दानाको प्रयोग बाट कुखुराको उत्पादन राम्रो नहुने र जस्ले गर्दा व्यबसायी हरुको आर्थिक उन्नति हुन नसक्ने बताउनु भएको थियो । माछा र वङ्गुर को Standard अहिले नआएको पनि बताउनु भएको थियो । उहाँले व्यक्तिगत सरसफाइ / हात धुने विधि , पाकेको र नपाकेको खानेकुरा एकै ठाउँमा राख्नुनहुने,खाध्य पदार्थ लाई पुग्नै गरि तापक्रम मा राखेर पकाउनु पर्ने जानकारी , Veg खाना पकाउदा 65 डिग्री मा र Non veg लाई 75 डिग्री को तापक्रम मा राखेर पकाउनु पर्ने, एक फेर पकाइसकेको खाना पुन: तताउँदा पनि क्रमशः 65 डिग्री र 75 डिग्री मा तताएर राख्नुपर्ने , सागपातहरु, फलफूलहरु सबै धाराको पानीले पखाल्नु पर्ने मा जोड दिनु भएको थियो ।उहाँले रेफृजिरेटर प्रयोग अन्तर्गत दुध , पानी सबैभन्दा माथिल्लो तहमा राख्ने , तरकारी , फलफूलहरु रेफ्रिजेरेटर को सबैभन्दा तल राख्नु पर्ने बताउनु भएको थियो ।
नेपाल सरकारले हाल सम्म अनिवार्य गुणस्तर तोकेको दाना पदार्थहरु मा फुल पार्ने कुखुराको दाना -४ प्रकार का, ब्रोइलर का लागि – ३ प्रकार का र गाई भैंसी- १ प्रकार गरि ८ प्रकार को दाना पदार्थ बजारमा सार्वजनिक गरेको तथ्यांक प्रस्तुत गर्नु भएको थियो । उहाँले हाल बजारमा अखाद्य रंग ले खानेकुराहरु मा चमक देखाउने र खाध रंग ले खानेकुराहरु मा त्यति चमक नदेखाउने हुँदा मानिसहरु चमक भएको खाध मा लोभिने संस्कार बढेेको देखिन्छ तसर्थ खाध स्वच्छता कायम गर्न हामी आफैं स्वयं सचेत हुनु जरुरी रहेको बताउनु भएको थियो । उहाँले घुमफिर गरि व्यबसाय गर्नेहरुको हकमा उनिहरुले पनि खाद्य स्वच्छता कायम गर्ने पर्छ , तर उनिहरुको अनुगमन भने महानगरपालिका बाट हुने बताउनु भएको थियो ।
उहाँले घरायसी खाद्य स्वच्छता सम्बन्धमा ध्यान दिनुपर्ने कुराहरू अन्तर्गत घरमा बालबालिकाको खानपानको पोषणतामा ध्यान दिने, घर बाहिर बालबालिकाले के खान्छन् सो को जानकारी लिने र पौष्टिक खानपान खान प्रोत्साहन गर्ने,बाटोका छेउछाउमा खुल्ला राखिएका चटपटे, पानीपुरी जस्ता खानकुराबाट सचेत गराउने,साना – साना केटाकेटीहरूलाई बढी नुनिला, गुलिया तथा चिल्ला खानकुरा कम खुवाउने,पौष्टिक खानपानको साथसाथै शारीरिक रूपमा समेत सक्रिय हुने क्रियाकलापमा जोड दिने, स्वच्छ तथा ताजा खाना बनाउने तथा घर बाहिर पनि त्यस्तै खानकुरा खान प्रोत्साहन गर्ने भनी बताउनु भएको थियो। कार्यक्रम को विशिष्ट अतिथी समेत रहनु भएका लेखनाथ उद्योग वाणिज्य संघ (LCCI) संघ का प्रथम उपाध्यक्ष श्री बिक्रम कर्मचार्य ले खाद्य दाना एन संसोधन हुने क्रममा जरिवानाहरु बढिरहेको छ । खाद्यान्न भन्ने बित्तिकै पक्कै पनि स्वच्छ हुनुपर्छ ।
उत्पादन लाई सहि तरिकाले भण्डारण गर्न सकिएन भने विविध कारण ले गर्दा त्त्यो गुणस्तर नहुन सक्छ । त्यसकारण उपभोक्ता स्वयम् पनि सचेत हुनुपर्दछ। त्यसैले जनचेतना फैलाइनु आवश्यक रहेको छ । उत्पादकले वितरक लाई दोषी देखाउने, वितरक ले उत्पादक लाई दोषी देखाउने अनि विबाद बढन सक्छ र अन्त्यमा उधोगीहरु नै सजायको भागिदार बन्ने स्थिती छ । यस्ता प्रवृत्ति बाट टाढा रहन सबै तह मा जनचेतना फैलाउन आवस्यक रहेको बताउनु भएको थियो । कार्यक्रम को प्रमुख अतिथी समेत रहनु भएकी लेखनाथ उद्योग वाणिज्य संघ (LCCI) कि अध्यक्ष श्री जानुका पराजुली अधिकारी ले मानिस ले जे संघर्ष गर्छ त्यो भनेको खान को लागि नै हो , अनि मानिस स्वस्थ्य रहन नै हो ।हाम्रो परिवार स्वस्थ राख्न हाम्रै हातमा भर पर्छ , हामिले स्वस्थ खानेकुरा खायौं भने , परिवार सबै स्वस्थ रहन सक्छ्न । हामिले बजार खाध्य सामानहरु किन्दा उत्पादन मिति र अन्तिम मिति हेर्न जान्नु पर्दछ ।
त्यसका लागि हामी आफैं सचेत रहन आबश्यक भएको बताउनु भएको थियो ।पोखरा महानगरपालिका उपभोक्ता मंच कास्की का अध्यक्ष श्री मिलन तिवारी ले यो कार्यकम को मुली भनेकै आम उपभोक्ताहरु नै हुन्। बजार मा अहिले गुणस्तरिय सेवा को अभाव भैरहंदा उपभोक्ताहरु कहाँ -कहाँ ठगिय त्यसको व्याख्या गर्नु पर्ने बेला आयको बताउंदै आम उपभोक्ताहरु स्वयम् सचेत रहन आग्रह समेत कार्यक्रम मा गर्नु भयको थियो। उहाँले बजार को अनुगमन गर्ने दायित्व महानगर कै हो तर कारवाही को दायरा मा ल्याउने दायित्व भने जिल्ला प्रशासन कार्यालय कै हो, तसर्थ खाद्य स्वच्छता कायम गर्न जरै बाट ,उत्पादक देखि उपभोग गर्ने सम्म ले ध्यान दिनु जरुरि रहेको बताउनु भएको थियो।
वुढीबजार बजार व्यबस्थापन समिति कास्की का अध्यक्ष ले सकेसम्म हामिले उपभोग गर्ने खाध तत्वहरु बाहिर बाट सामान नकिनी स्थानीय उत्पादन लाइ नै प्रयोग गर्नु पर्ने मा जोड दिदै व्यबसायीहरू एक जुट भएर उत्पादन गरेका खाध्य तत्वहरु मा गुणस्तरीय कायम गर्न यस्ता कार्यक्रमहरु बेला- बेला गर्नु पर्ने आबश्यक भएको र कार्यक्रम मार्फत बाट नै जनचेतना फैलने भएकाले आजको कार्यक्रम अर्थपूर्ण रहेको भन्दै कार्यक्रम बाट आँफुले धेरै ज्ञान हाँसिल समेत गरेको बताउनु भएको थियो।
कार्यक्रम को अन्त्यमा ,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय-पोखरा का प्रमुख वरिष्ठ खाद्य अनुसन्धान अधिकृत श्री विजन श्रेष्ठ ,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय-पोखरा का खाध अनुसान्धान अधिकृत श्री शिभजी बराल र पोखरा महानगरपालिका उपभोक्ता मंच कास्की का अध्यक्ष श्री मिलन तिवारी ले सरोकारवालाहरु को विभिन्न प्रश्नलाइ लाइ सम्बोधन सहित जवाफ समेत दिनु भएको थियो।






