
चितवन भरतपुर ,माघ २ गते
कृषिमन्त्री र उद्यमीहरुबीच कृषि उद्यमशिलताका विषयमा छलफल सम्पन्न.
भरतपुर/नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो–२०८२ को सन्दर्भमा चितवन आउनु भएका बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलसँग कृषि उद्यमशिलताका विषयमा छलफल गरिएको छ ।
चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले चितवन उद्योग संघले कृषि उद्यमशिलताका क्षेत्रमा गरेका प्रयास र संघका योजनाहरुका बारेमा जानकारी गराउनु भएको थियो ।
छलफल कार्यक्रममा बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय मधुसुदन पौडेलले देशको अर्थतन्त्र वृद्धिका लागि स्थानीय, रैथाने उत्पादनहरुको बजारीकरण गर्नुपर्ने बताउनुभयो । मन्त्री पौडेलले उत्पादनमा आधारित अनुदान, व्याज अनुदान र युवा लक्षित कार्यक्रमतर्फ प्रदेश सरकार लागिरहेको र साना किसान लक्षित कार्यक्रमहरुलाई प्रभावकारी बनाउन प्रदेश सरकार लागिरहेको समेत बताउनुभयो ।
छलफल कार्यक्रममा कृषि विकास कार्यालय, चितवनका प्रमुख झलकनाथ कँडेल, चितवन उद्योग संघ, पूर्व अध्यक्ष त्रिलोचन कँडेल, चितवन उद्योग संघका उपाध्यक्ष गोपाल प्रसाद गैरे, चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका अध्यक्ष भरत दवाडी लगायतले कृषि विमाको दावी भुक्तानी प्रक्रियामा ढिलाई, मल, बिऊ प्रविधि हस्तान्तरणमा समस्या, कृषि उत्पादनको बजारीकरणको अवस्था लगायतका विषयमहरुमा आ–आफ्ना धारणाहरु राखेका थिए ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष ताराबहादुर कार्कीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो । स्रोत :Chitwan Udhyog Sangh
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

