
मिटो ओखर परियोजनाको सिकाइ तथा उपलब्धि कार्यक्रम सम्पन्न
हेल्भेटास नेपालद्वारा सञ्चालित मिटो ओखर परियोजनाले नेपाल सरकारको NAFHA (Nuts and Fruits in Hilly Areas) परियोजना सँगको संयुक्त आयोजनामा २०२५ डिसेम्बर १९ मा संघीय तहको सिकाइ तथा उपलब्धि कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), कृषि विभाग, राष्ट्रिय फलफूल विकास केन्द्र, रैथाने एग्रि प्रोडक्ट, निजी क्षेत्र, तथा जुम्ला र कालिकोटका स्थानीय स्रोत व्यक्ति (LRPs) लगायत विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा मिटो ओखर परियोजनाका प्रमुख उपलब्धिहरूमा ओखर फुटाउने प्रविधि विकास, कलमी प्रविधिको सुधार, ओखर स्रोत केन्द्रको विकास, बजार सम्पर्क विस्तार तथा नीतिगत सहकार्यबारे छलफल गरियो। LRPs ले स्थानीय तहमा देखिएका सकारात्मक परिवर्तन र व्यवहारिक अनुभवहरू प्रस्तुत गरे।
कार्यक्रमले ओखर मूल्य शृंखला विकासमा नवप्रवर्तनको विस्तार, बहु–सरोकार सहकार्य र दीगो लगानी को आवश्यकतामा साझा प्रतिबद्धता व्यक्त गर्दै समापन भयो।
LRPs का केही भनाईहरुः
• “मिटो ओखर परियोजनाले हामीलाई केवल सीप होइन, किसानसँग आत्मविश्वासका साथ काम गर्ने क्षमता दिएको छ। आज ओखर खेती आम्दानीको भरपर्दो स्रोत बन्दै गएको छ।”
• “ओखर फुटाउने मेसिनले महिलाको धेरै दिनको श्रम केही मिनेटमै सम्भव बनाएको छ। यसले हाम्रो समय र आम्दानी दुवै बढाएको छ।”
परियोजनाका केही मुख्य उपलब्धिहरुः
• ओखर फुटाउने मेसिन विकास (९५% भन्दा बढी कर्नेल छुट्याउने क्षमता, महिलाको ७ दिनको श्रम ४५ मिनेटमा)
• ओखर कलमी सफलता दर ३५% बाट ८०% भन्दा माथि
• जुम्ला र कालिकोट मा ६२५ हेक्टरभन्दा बढी क्षेत्रमा दाँते ओखर विस्तार
• ओखर श्रोत केन्द्रको बिकास
• स्थानीय तथा राष्ट्रिय व्यापारीसँग बजार सम्पर्क सुदृढीकरण
• जुम्लाका ४ भन्दा बढी पालिकामा नर्सरी निर्देशिका स्वीकृत
स्रोत : Helvetas Nepal
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1

