मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत ४ जिल्ला परेनन्

  • ख-
  • ख
  • ख+

पोखरा ,माघ ९ गते

मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२ बमोजिम पेश भएका ३७ वटा प्रस्तावहरूमध्ये निर्देशक समितिको मिति २०८२।०९।२६ को निर्णयअनुसार चालु आर्थिक वर्ष २०८२र०८३ का लागि १५ वटा प्रस्तावहरू स्वीकृत भई सम्बन्धित सबै स्थानीय तहहरूसँग सम्झौता सम्पन्न भइसकेको मा. मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेकाे सचिवालय ले जनाएको छ। गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ज्यूले स्वीकृत कार्यक्रमहरूको सफल, प्रभावकारी तथा उद्देश्यअनुरूप कार्यान्वयन सुनिश्चित गर्न सबै स्थानीय तहहरूलाई आवश्यक निर्देशन दिनुभएको छ। कार्यक्रम अन्तर्गत स्थानीय तहहरूको छनोट गर्दा यसअघि मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममा समावेश नभएका स्थानीय तहहरूलाई पहिलो प्राथमिकता र एक पटक मात्र समावेश भएका स्थानीय तहहरूलाई दोस्रो प्राथमिकता प्रदान गरिएको छ। यस कार्यक्रममा छनौट भएका स्थानीय तहहरुले प्रस्ताव अनुसार ७५ लाख देखि एक करोड ५० लाख सम्मको अनुदान पाउने भएको मा. मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेकाे सचिवालय ले जनाएको छ।

क्र.सं.       स्थानीय तह              जिल्ला                                   परियोजना शीर्षक
१ . हुप्सेकोट गाउँपालिका              नवलपरासी (ब.सु.प.)   विपन्न लक्षित पशुपालन तथा नगदेबाली कार्यक्रम
२ .कावासोती नगरपालिका             नवलपरासी (ब.सु.प.आविष्कार र उत्पादनको जग मेरो विद्यालय कार्यक्रम
३. विहादी गाउँपालिका                 पर्वत  स्थानीय कच्चा पदार्थ र सीपमा आधारित लघु उद्यो प्रवर्द्धन कार्यक्रम
४ .आँबुखैरेनी गाउँपालिका             गोरखा   आमा बालबालिका तथा किशोर किशोरी पोषण सुधार आयोजना
५ .शुक्लागण्डकी नगरपालिका         तनहुँ   कृषि उत्पादन प्रोत्साहन तथा बजारिकरण परियोजना
६ . रूपा गाउँपालिका                  कास्की      गरिबी निवारणका लागि दुग्ध उत्पादन परियोजना
७ .विनयी त्रिवेणी गाउँपालिका  नवलपरासी (ब.सु.प.) नगदेबाली खेती प्रविधि–अनुकूल तथा व्यवसायीकरण कार्यक्रम
८. पैँयू गाउँपालिका                     पर्वत    महिलाको नेतृत्वमा हाई–टेक टनेल परियोजना
९ .सिरानचोक गाउँपालिका            गोरखा    स्थानीय जातका माछा तथा बङ्गुर उत्पादन एवं बजार प्रवर्द्धन परियोजना
१० .अजिरकोट गाउँपालिका           गोरखा      पर्यटनमैत्री हरित सडक परियोजना
११ .काठेखोला गाउँपालिका           बागलुङ    कार्यालय डिजिटाइजेशन
१२ .बिरुवा गाउँपालिका               स्याङ्जा  कृषि उपज मूल्य श्रृंखला विकास परियोजना
१३ .मोदी गाउँपालिका                  पर्वत   डिजिटल स्मार्ट कृषि प्रणाली विकास परियोजना
१४ .गण्डकी गाउँपालिका              गोरखा   पशुपालन प्रवर्द्धन कार्यक्रम

१५.जलजला गाउँपालिका             पर्वत  बाँस खर्क सुन्तलाखेतीको लागि पम्पिङ्ग प्रणालि मार्फत सिंचाई परियोजना

स्रोत :मा. मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेकाे सचिवालय

नेपाली न्यूज मिडिया नेटवर्कद्वारा सञ्चालित यो एक डिजिटल समाचार पत्रिका हो। यसले मुख्यतया राष्ट्रिय र अन्तराष्ट्रिय समसामयिक विषयका समाचारहरू प्रकाशन गर्दै आइरहेको छ।
हामीसँग तपाइ फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम र टिकटकमा पनि हामी संग जोडिन सक्नु हुन!!
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

राजनीति

समाचार