पोखरा ,माघ १२ गते

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा, कास्की को आ. व. २०८२/८३ को दोस्रो त्रैमासिक तथा अर्धवार्षिक अवधिको प्रगति समिक्षा गोष्ठि सम्पन्न भएको छ। आ. व. २०८२/८३ को दोस्रो त्रैमासिक प्रगति समिक्षा गोष्ठि कार्यक्रम को अध्यक्षतामा पोखरा का वरिष्ठ खाध अनुसान्धान अधिकृत श्री विजन श्रेष्ठ रहनु भएको थियो भने विशेष अतिथिमा राष्‍ट्रिय उपभोक्ता मंच कास्की का अध्यक्ष श्री राजेन्द्र लिगल रहनु भएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा, कास्की का वरिष्ठ खाध अनुसान्धान अधिकृत श्री विजन श्रेष्ठ ले गत त्रैमासिक तथा अर्धवार्षिक को अवधिमा भएका क्रियाकलापहरुको जानकारी दिनु भएको थियो।उहाँले कास्की, बाग्लुङ्ग र तनहुँ बाट हाल सम्म गरिएका अनुगमन र उपलब्धि बारे जानकारी दिनु भएको थियो। उहाँले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा कास्की शाखा मा दरवन्दी संख्या २३ भएको मा ,२ वटा दरबन्दी रिक्त रहको बताउनु भएको थियो।

उहाँले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा, कास्की बाट समग्र खाद्य तथा दाना उधोगको अनुज्ञापत्र ,सिफारिस ,जारि तथा नविकरण ,खाद्य तथा दाना उधोग ,बजार तथा होटेल रेस्टुरेन्ट अनुगमन निरीक्षण ,खाद्य तथा दाना नमुना संकलन ,खाद्य तथा दाना नमुना विश्लेषण ,खाद्य तथा दाना येन अनुरुप कारवाही , राजस्व संकलन तथा वित्तिय प्रगति सम्बन्धि सम्पुर्ण कार्यहरु गरिरहेको कार्यक्रम मा बताउनु भएको थियो। उहाँले दोस्रो त्रैमासिक तथा अर्धवार्षिक अवधि भर १७१ वटा अनुमतिपत्र जारि ,नविकरण तथा सिफारिस गरिसकेको बताउनु भएको थियो।

वरिष्ठ खाध अनुसान्धान अधिकृत श्री विजन श्रेष्ठ ले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा, कास्की शाखाले खाध बजार अनुगमन ५९ पटक (२२२ वटा संख्यामा ) ,दाना बजार अनुगमन ८ पटक ( २३ वटा संख्यामा ),होटेल ,रेस्टुरेन्ट अनुगमन ६७ पटक (२९० वटा संख्यामा ),खाध उधोग अनुगमन १३० पटक ,दाना उधोग अनुगमन २ पटक ,Rapid Response Modality मा बजार अनुगमन ३ पटक ,संवेदनशील खाधपदार्थहरु (दुध ,तेल ,पानि) लगाएत उत्पादन गर्ने उधोग अनुगमन ३७ पटक गरेको कार्यक्रम मा बताउनु भएको थियो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दमौली तनहुँ बाट खाध निरीक्षकको अनुगमन मार्फत निरीक्षण अनुगमन अन्तर्गत खाध तथा दाना बजार १८ पटक , खाध तथा दाना उधोग १६ पटक ,फर्मल खाध नमुना ३ पटक ,सर्भिलेन्स खाध नमुना ६ पटक , संयुक्त अनुगमन मार्फत खाध तथा दाना बजार ११ पटक,खाध तथा दाना उधोग ०६ पटक ,फर्मल खाध नमुना २८ पटक,सर्भिलेन्स खाध नमुना २० पटक गरिएको कार्यक्रम मा बताउनु भएको थियो।खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय,बाग्लुङ्ग बाट अन्तर्गत हाल सम्म(दोस्रो त्रैमासिक तथा अर्धवार्षिक अवधि) ८५ पटक सबै प्रकार का खाध्य वस्तुमा ,४४३ वटा फर्म र ३० वटा उधोग मा अनुगमन तथा निरीक्षण गरेको अनुसान्धान अधिकृत श्री विजन श्रेष्ठ ले बताउनु भएको थियो।

दोस्रो त्रैमासिक तथा हाल सम्म को अवधिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा, कास्की ले रु ११,५६०/- (दोस्रो त्रैमासिक ) गरि हाल सम्म रु ३४,८२८ /-,दोस्रो त्रैमासिक तथा हाल सम्म को अवधिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दमौली तनहुँ ले रु,४३,१००/-(दोस्रो त्रैमासिक ) ,गरि हाल सम्म रु २,२९,२१५/-,दोस्रो त्रैमासिक तथा हाल सम्म को अवधिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, बाग्लुङ्ग ले रु ५,९२०/-(दोस्रो त्रैमासिक ) ,गरि हाल सम्म रु ६७,३५५ /- बारबरी जफत नष्ट गरि हाल सम्म मा कुल रु ३,३१,३९८ जफत नष्ट गरेको विजन श्रेष्ठले कार्यक्रम मा बताउनु भएको थियो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा, कास्की ले खाध तथा दाना येन बमोजिम दुध तथा दुग्ध पदार्थ को संकलित १ वटा नमुना परिक्षण गर्दा हालसम्म प्रतिकुल नभेटिएको, तेल तथा घ्युजन्य पदार्थ को संकलित ४ वटा नमुना परिक्षण गर्दा हालसम्म १ वटा प्रतिकुल देखिएको, जम्मा जम्मी दोस्रो त्रैमासिक तथा अर्धवार्षिक अवधि भित्र संकलित ४६ वटा नमुना परिक्षण गर्दा ३ वटा मात्र प्रतिकुल नमुना देखिएको वरिष्ठ खाध अनुसान्धान अधिकृत श्री विजन श्रेष्ठ ले कार्यक्रम बताउनु भएको थियो। उहाँले खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दमौली तनहुँ ले खाध तथा दाना येन बमोजिम हाल सम्म संकलित ६१ वटा नमुना परिक्षण गर्दा ४ वटा मात्र प्रतिकुल नमुना देखिएको बताउनु भएको थियो।

तेस्तै गरेर खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बाग्लुङ्ग ले खाध तथा दाना येन बमोजिम हाल सम्म संकलित २० वटा नमुना परिक्षण गर्दा १ वटा मात्र प्रतिकुल नमुना देखिएको उहाँले बताउनु भएको थियो। आ. व .२०८२। ८३ दोस्रो त्रैमासिक मुद्दा दायरि अन्तर्गत लिटो बनाउने खाध पदार्थ बिन्जुला श्रेष्ठ ( मामु छोरी खाध उधोग ) पोखरा -१७ कास्की ले अनुमति पत्र नलिई उधोग संचालन गर्दा मिति २०८२-०८-०२ गते जिल्ला प्रशासन कार्यालय कास्की मा दायरी परेको छ। चाउचाउ बनाउने खाध पदार्थ मनिराम पाण्डे (पोखरा नुडल्स पा लि ) पोखरा -१० कास्की ले न्युनस्तर खाध पदार्थ उत्पादन तथा बिक्रीवितरण गर्दा मिति २०८२-०८-०२ गते जिल्ला प्रशासन कार्यालय कास्की मा दायरी परेको छ।

दाल बनाउने खाध पदार्थ भोलानाथ देवकोटा (देवकोटा एग्रो प्रोडक्ट ) पोखरा -१४ कास्की ले न्युनस्तर खाध पदार्थ उत्पादन तथा बिक्रीवितरण गर्दा मिति २०८२-०८-०७ गते जिल्ला प्रशासन कार्यालय कास्की मा दायरी परेको छ। सेन्थेटिक फ्रुट ड्रिंक बनाउने खाध पदार्थ लक्ष्मी बश्याल ( त्रिपुरा सुन्दरी फुड उधोग ) पोखरा -०३-कास्की को भ्रमात्मक दावी तथा पुर्ण लेबल विवरण नभएको भेटीएकोले मिति २०८२-०८-१६ गते जिल्ला प्रशासन कार्यालय कास्की मा दायरी परेको छ।खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दमौली तनहुँ बाट खाध स्वच्छता तथा गुणस्तर सम्बन्धि कसुर मा एच .ओ. एफ फुड्स प्रा. लि ,गैडाकोट -१६-नवलपरासी (ब सुस्ता पुर्व ) का संचालक को कम्पनि लाइ मिति २०८२-०८-०१ गते श्री जिल्ला प्रशासन कार्यालय नवलपरासी (ब. सुस्ता .पुर्व ) मा मुद्दा दायरी गरेको छ।

खाध स्वच्छता तथा गुणस्तर सम्बन्धि कसुर मा गोरखा -०७-को मनकामना पाउरोटी उधोगका संचालक र जिम्मेवारी लिने व्यक्ति लाइ मिति २०८२-०८-१६ गते जीला प्रशासन कार्यालय गोरखा मा मुद्दा दायरि गरेको छ। खाध स्वच्छता तथा गुणस्तर सम्बन्धि कसुर मा गोरखा -०६ मा रहेको अलिसा फुड प्याकेजिङ्ग उधोगका संचालक लाइ मिति २०८२-०८-१६ गते श्री जिल्ला प्रशासन कार्यालय गोरखा लाइ मुद्दा दायरि गरेको अनुसान्धान अधिकृत श्री विजन श्रेष्ठ ले बताउनु भएको थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा, कास्की को दोस्रो त्रैमासिक अवधिको भारित प्रगति र दोस्रो त्रैमासिक अवधिको वित्तिय प्रगति क्रमस ६८ .७२ % र ४७ .७२%  , अर्धबार्षिक अवधिको भारित प्रगति र अर्धबार्षिक अवधिको वित्तिय प्रगति क्रमस ६९ .५६ % र ५४ .४५% रहेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दमौली तनहुँ को दोस्रो त्रैमासिक अवधिको भारित प्रगति र दोस्रो त्रैमासिक अवधिको वित्तिय प्रगति क्रमस ८९ ,९३ %र ११४ .८७% ,अर्धबार्षिक अवधिको भारित प्रगति र अर्धबार्षिक अवधिको वित्तिय प्रगति क्रमस ८५. ६० % र ८७ .७४%  रहेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, बाग्लुङ्ग को दोस्रो त्रैमासिक अवधिको भारित प्रगति र दोस्रो त्रैमासिक अवधिको वित्तिय प्रगति क्रमस ९३ % र १३२% ,अर्धबार्षिक अवधिको भारित प्रगति र अर्धबार्षिक अवधिको वित्तिय प्रगति क्रमस ६४% र ५५% रहेको छ।

दोस्रो त्रैमासिक अवधि मा तिन वटै कार्यालय बाट रु ५९५,७५५ /-र दोस्रो त्रैमासिक तथा अर्धवार्षिक अवधि सम्म मा रु १०,३०,०००/- राजस्व संकलन भएको अनुसान्धान अधिकृत श्री विजन श्रेष्ठ ले बताउनु भएको थियो।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा, कास्की को मुख्य समस्या तथा चुनौती भनेको आफ्नै जग्गा नभएको ले उपयुक्त भवन निर्माण गर्न नासकिएको र त्येसका लागि विभागमा पत्राचार गरिरहेको अनुसान्धान अधिकृत श्री विजन श्रेष्ठ ले बताउनु भएको थियो।त्यस्तै गरेर विशेष अतिथि समेत रहनु भयका राष्‍ट्रिय उपभोक्ता मंच कास्की का अध्यक्ष श्री राजेन्द्र लिगल ले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा, कास्की ले सक्दो रुपमा काम गरिरहेको बताउनु भएको थियो।

उहाँले यो खाध्य स्वच्छता कायम गर्न हामि सबैले आ आफ्नो तर्फ़ बाट प्रयास गरिरहनु पर्छ , पत्रकारहरुले पनि आफ्नो तर्फ़ बाट खाध्य स्वच्छता कायम गर्न सचेतना फैलाउनु भएकाले बरु हामीले एक जना पत्रकार लाइ पुरस्कृत वा सम्मान गर्ने योजना लाइ अघि सार्नु पर्ने धारणा व्यक्त गर्नु भएको थियो। साथै उहाँले खाध्य स्वच्छता कायम गर्ने नै हो भने चरेस को थाल पनि उपयुक्त नभएको कार्यक्रम मा बताउनु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0