
दलित महिला शसक्तिकरण नेपाल ( DWEN) पोखराको आयोजनामा , संस्थाका संस्थापक अध्यक्ष इश्वरी बि. क. ज्युको अध्यक्षतामा र प्रमुख अतिथी पोखरा महानगरपालिका वार्ड न. ८ का अध्यक्ष श्री रुद्रनाथ बराल ज्युको आतिथ्यतामा प्रथम अधिबेशन सम्पन्न भएको थियो । उक्त अधिबेशन ले अध्यक्ष : इश्वरी बि. क. उपाध्यक्ष: रितु मजाकोटि, सचिव : सपना बि. क.,कोषाध्यक्ष: सोनिया गुरुङ बि. क., सदस्यहरु मा: अञ्जली बि. क., हिरा परियार,लालु परियर,सपना गहतराज,लक्ष्मी गायक, सिर्जना गोतामे र सिर्जना बि. क. गरि ११ जनालाई नयाँ कार्यसमिति मा चयन गरेको थियो। अधिबेशन मा वार्ड न. ८ का जनप्रतिनिधि लक्ष्मी बि. क. , वार्ड न. ९ का जनप्रतिनिधि गिता नेपाली र नियोकका सह -संयोजक सुमित्रा गायकले शुभकामना मन्तव्य राखनु भएको थियो। उक्त अधिबेशनले इश्वरी बि. क. लाइ पुन :निर्बिरोध रुपमा अध्यक्ष चयन गरेको थियो । पुन : चयन गरेको प्रति पुर्व दलित महिला शसक्तिकरण नेपाल ( DWEN) पोखरा कि अध्यक्ष इश्वरी बि. क. ले सम्पुर्ण उपस्थिति महानुभावहरुलाई हार्दिक आभार प्रकट गर्नु भएको थियो ।नेपालमा जातीय र लैङ्गिक भेदभाव उन्मूलन गर्ने जोशका साथ ,दलितहरुको सवाल दलित समुदायप्रतिको विभेद, भुमिहिनता तथा चरम गरिबीका साथै विभेदमा. आधारित आवाज उठाउने प्रयास मा कार्य गरिरहेको यो संस्था रहेको छ।

