७ दिनभित्र विद्यालयका शिक्षक र विद्यार्थीको डिजिटल हाजिरी कार्यान्वयनमा ल्याउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन

  • ख-
  • ख
  • ख+

काठमाडौँ,माघ १३ गते
७ दिनभित्र विद्यालयका शिक्षक र विद्यार्थीको डिजिटल हाजिरी कार्यान्वयनमा ल्याउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन
विभागीय बैठकमार्फत सम्पन्न कामको जानकारी र आगामी कामको सहजीकरण गर्ने क्रम जारी
सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुको हाजिरी ७ दिनभित्र पूर्ण रुपमा डिजिटल बनाउन काठमाडौँ महानजगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले शिक्षा विभाग र सूचना प्रविधि विभागलाई निर्देशन दिनुभएको छ । चालु आर्थिक वर्षमा सम्पन्न काम, थालिएका असल अभ्यासका विषयमा जानकारी लिँदै विभागीय र क्षेत्रगत कामको नतिजाका लागि नीतिगत रुपमा गर्नु पर्ने सहजीकरणका विषयमा जानकारी लिने क्रममा आज डंगोलले शिक्षा विभागका अधिकारीसँग छलफल गर्दै यस्तो निर्देशन दिनुभएको हो । स्रोत :/metronews.kathmandu

नेपाली न्यूज मिडिया नेटवर्कद्वारा सञ्चालित यो एक डिजिटल समाचार पत्रिका हो। यसले मुख्यतया राष्ट्रिय र अन्तराष्ट्रिय समसामयिक विषयका समाचारहरू प्रकाशन गर्दै आइरहेको छ।
हामीसँग तपाइ फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम र टिकटकमा पनि हामी संग जोडिन सक्नु हुन!!
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

राजनीति

समाचार