पोखरा ,माघ १४ गते
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको १०औँ स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा प्रमुख अतिथि माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा गौतम,स्वास्थ्य सचिव डा.विकाश देवकोटा,,अतिरिक्त सचिव प्रा.डा.श्रीकृष्ण श्रेष्ठ,गण्डकी विश्वविद्यालयका कुलपतिज्यु,प्रतिष्ठानका पूर्व उपकुलपतिज्यूहरु,अस्पतालका व्यवस्थापन समितिका पुर्वअध्यक्ष,तथा मे.सु ज्यूहरु,चिकित्सक, शिक्षक,कर्मचारी, बिद्यार्थी पत्रकार सहितकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका उपकुलपति प्रा.डा.भरत बहादुर खत्रीज्यूले गर्नु भएको थियो भने प्रतिष्ठानका विविध गतिबिधि प्रतिष्ठानका डीन सह प्रा.डा.डेबिड श्रेष्ठज्यूले राख्नुभएको थियो । कार्यक्रममा स्वास्थ्य सचिवज्यूले शुभकामना मन्तव्य राख्नुभएको थियो भने आवश्यक सल्लाह सुझाव तथा निर्देशन कार्यक्रमका प्रमुख अतिथिले राख्नुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानमा अध्ययनरत बिध्यार्थीहरुले बिबिध साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।सो अवसरमा प्रतिष्ठानले १० औँ स्थापना वर्षको अवसरमा प्रकाशित गरेको स्मारिका पनि बिमोचन गरिएको थियो । ३० वर्ष निरन्तर सेवा गर्नुभएका चिकित्सक कर्मचारी गरि ३६ जनालाई दिर्घसेवा पदक सहित प्रशंसापत्र वितरण गरिएको थियो,सोही अवसरमा उत्कृस्ट चिकित्सक/शिक्षक/ नर्स/कार्यालय सहयोगी/प्राविधिक तथा अप्राविधिक कर्मचारीहरुलाई Hospital Star, Academic star, Outstanding Award आदिले सम्मान गरिएको थियो साथै उत्कृष्ट बिभाग,उत्कृष्ट एकाइ,सहित साझेदार तथा सहयोगी संस्थालाई समेत प्रशंसापत्र सहित सम्मान गरिएको कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका निर्देशकज्युले राख्नुभएको थियो भने संचालन सह प्रा.बिध्या बास्तोलाले गर्नुभएको थियो ।स्रोत :Pokhara Academy of Health Sciences (PoAHS)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0