पोखरा ,माघ १४ गते

मिति २०८१।१०।११ गते अं.१:०० बजेको समयमा जिल्ला कास्की पोखरा
महानगरपालिका वडा नं.०८ सिर्जनाचोक स्थित रहेको साईमन पार्टि प्यालेसको कार्यालय
कक्षमा रहेको काठको ऱ्याकमा राखेको नगद रु.१४,७४,०००।- (चौध लाख चौह्तर हजार)
चोरी भएको भन्ने जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिई
गएको प्रहरी टोलिले अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न जिल्ला रुपन्देही देवदह
नगरपालीका वडा नं.१० घर भएका बर्ष २२ का ईश्वर श्रेष्ठ र जिल्ला स्याङ्जा भिरकोट
नगरपालिका वडा नं.३ घर भएकी बर्ष २९ कि पुजा श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय
बुटवल रुपन्देहीको सहयोगमा मिति २०८१।१०।१३ गते जिल्ला रुपन्देही बुटवल
उपमहानगरपालिका वडा नं.११ कालिका नगरको होटलबाट नगद रु.१२,५२,५८०।-
(बाह्र लाख बाउन्न हजार पाच सय असी) र मोबाईल थान-३ सहित पक्राउ गरी सम्मानित
कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूर मुद्दामा मिति २०८१।१०।१३
गते देखि लागु हुने गरी ६ (छ) दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0