
काठमाडौँ,माघ २४ गते
माघ २७ गतेदेखि काठमाडौँ महानगरपालिका भित्र पाठेघरको मुखको क्यान्सर विरुद्ध छात्राहरुका लागि एचपीभी खोप सञ्चालन हुने
महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरबाट बच्न खोप र नियमित परीक्षण गराउनुपर्छ – कार्यवाहक प्रमुख डंगोल
माघ २७ गतेदेखि काठमाडौँ महानगरपालिकाभित्र महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्ध एपपीभी खोप सञ्चालन हुने भएको छ । आज महानगरमा कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको स्थानीय तह स्तरीय खोप समन्वय समितिको वैठकले खोप सञ्चालन सम्बन्धी विषयमा छलफल गर्दै यस्तो निर्णय गरेको हो । यो खोप कक्षा ६ मा अध्ययनरत सबै छात्रा र विद्यालय वाहिर रहेका १० वर्ष उमेरका किशोरीहरुलाई दिइन्छ ।स्रोत: metronews.kathmandu






