
पोखरा ,माघ ७ गते
एमालेको घोषणापत्र
युवा, महिला, श्रमिक र राष्ट्रसेवकलाई आकर्षक सुविधा
• युवालाई हरेक महिना १० जीबी इन्टरनेट डेटा निःशुल्क
• श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार, सामाजिक सुरक्षा
• वैदेशिक रोजगारी श्रमिकको खातामा ५ हजार रुपैयाँ, सामाजिक सुरक्षा
• विद्यार्थीलाई २० लाख निर्व्याजी ऋण, पारिश्रमिक सहित इन्टर्नसिप
• युवा तथा महिलालाई १० हजार डलर बराबरको बैंक कार्ड
• किशोरीलाई निःशुल्क प्याड, १० कक्षासम्म दिवा खाजा
• स्वास्थ्य स्वयंसेविकालाई २० हजार भत्ता र सामाजिक सुरक्षा
• सबै शिक्षकलाई सामाजिक सुरक्षा, शिक्षकको मर्यादाक्रम तोक्ने
• महिलालाई २० लाख ऋण, २० हजार सुत्केरी भत्ता, गर्भवतीको निःशुल्क बीमा
• गरिब परिवारको २५ हजारसम्म ऋण मिनाहा, सामाजिक सुरक्षा
• देश जोगाउने बहाlलवाला र अवकाशप्राप्त सुरक्षाकर्मीको सेवा सुविधा वृद्धि
भदौ २३ अघि देश विकासको बाटोमा थियो कि बिग्रेको थियो ?
- जेनजीको शान्तिपूर्ण आन्दोलनमा हिंसा र घुसपैठ कसले गरायो ?
- प्रदर्शन सकेर घर फर्केका युवालाई निषेधित क्षेत्रमा कसले धकेल्यो ?
- भदौ २३ र २४ का घटना स्वतःस्फूर्त थिए कि योजनाबद्ध थिए ?
- निजी सम्पत्ति, व्यवसाय र नागरिकलाई किन लक्षित गरियो ?
- कर्तव्य निर्वाह गरिरहेका सुरक्षाकर्मीमाथि किन आक्रमण गरियो ?
- जेनजीले नमागेको संसद विघटन गरेर प्रणालीमाथि धावा किन बोलियो ?

