Home Top-Headline राष्ट्रिय स्वतन्त्र पार्टी का प्रस्तावित प्रधानमन्त्री एवं वरिष्ठ/ नेता बालेन्द्र शाह को प्रतिबद्दता

राष्ट्रिय स्वतन्त्र पार्टी का प्रस्तावित प्रधानमन्त्री एवं वरिष्ठ/ नेता बालेन्द्र शाह को प्रतिबद्दता

0

पोखरा फागुन २३ गते

ऐलानी जग्गा सम्बन्धि उचित व्यबस्था एवं नक्साङ्कन अभिलेख नभएका जमिनहरुको नापी नक्सा अभिलेखीकरण गर्ने कार्य सम्पन्न गरिनेछ। ल्याण्ड बैंक को व्यबस्था गरिनेछ। भूमिहीन ,सुकुम्बासी तथा अव्यवास्थित बसोबासको समस्यालाई न्यायोचित र दिगो समाधान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी सरकार गठन भएको १०० दिनमा आयोग ,१००० दिनमा समाधान नीति अबलंबन गरि अधिकार सम्पन्न आयोगमार्फत समयसीमाभित्र कार्य सम्पन्न गरिने छ। रतुवा खोला ,मावा खोला ,कमल खोला तथा सहायक खोला ,खहरेको तट्बन्ध निर्माण गरि कटान र डुबान नियन्त्रण गरिने छ। हाम्रो रंगशाला ,हाम्रै पहिचान को भावना अनुरुप आदिवासी जनजातिको संकृति र इतिहास झल्कने आदिवासी जनजाति रंगशाला निर्माण गरिनेछ। कोल्ड स्टोर तथा ड्रायर एकै स्थानमा रहने गरि गौरादह किर्शी भण्डारण केन्द्र को स्थापन गरिने छ।

 

झापा क्षेत्र न .५ मा व्यवस्थित संसद सचिवालय स्थापना गरि स्थानिय सरोकारलाई सम्बोधन गर्नेछु। कृषि मा महिलालाई प्रोतसाहन गर्न महिला कृषि कर्जा कार्यक्रम मार्फत सहुलियत दरमा वित्तिय पहुँच सुनिशिच्चित गरिनेछ। झापाको चियालाई ब्रान्डीङ्ग गरिने छ। दमक -रवि चिसापानी सडक यथाशिघ्र सम्पन्न गरि संचालनमा ल्याइनेछ। दमक अस्पताललाई पहिलो चरण मा ३०० शैयाका अस्पतालका रुपमा स्त्रोंनती गरिने छ। २४ सै घण्टा नि शुल्क एम्बुलेंस सेवा को सुनिश्चतताका लागि नीतिगत सुधार गरिने छ। गरिब तथा बिपन्न परिवारका बालबालिकाले पनि गुणस्तरीय शिक्षा पाउनु पर्ने अधिकार व्यवहारमै सुनिश्चित गरिने छ। वन ,पोखरी ताल तथा सिमसार क्षेत्र संरक्षण गरिनेछ। गौरिगंज भन्सारलाई व्यवस्थित र पारदर्शी ढंगले संचालन गरिने प्रवन्ध मिलाइनेछ। काम गर्न आएको हुँ काम दिनुहोला। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रस्तावित प्रधानमन्त्री एवं वरिष्ठ/ नेता बालेन्द्र शाहका ले वाचा पत्रमा प्रतिबद्दता गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here