काठमाडौँ ,फागुन २६ गते

गैरनेपाली नागरिकसँग कारोवार नगर्न सहकारी संस्थाहरुलाई अनुरोध

🏛️ सहकारी ऐन, २०७४ को दफा ५० तथा काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा ३९ मा सहकारी संस्थाहरूले सदस्य-केन्द्रित भई वचत तथा ऋण कारोबार सञ्चालन गर्नुपर्ने स्पष्ट व्यवस्था रहेको छ ।

🏛️ सहकारी ऐन, २०७४ को दफा ३० र काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा २० मा सहकारी संस्थामा नेपाली नागरिक मात्र सदस्य हुन सक्ने व्यवस्था छ ।

🏛️ यो कानुनी व्यवस्थाको प्रतिकुल हुने गरी काठमाडौं महानगरपालिकाभित्रका सहकारीहरुले विदेशी नागरिकलाई संस्थाको सदस्य बनाएर कारोबार गरेको भन्ने बुझिन आएको छ । यो कार्य कानुन विपरीत भएकाले तत्काल नियमित गर्नु हुन संस्थाहरुलाई निर्देशन गरिन्छ ।

🏛️ अन्यथा प्रचलित कानुन बमोजिम आवश्यक कारबाही हुने बेहोरा सम्बन्धित सबैको जानकारी गराइन्छ । स्रोत :काठमाडौँ महानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0