बाँदरलाई यातना दिएको आरोपमा ताप्लेजुङ पाथीभरा याङवरक गाउँपालिका-२ थेचम्बुका एक युवक पक्राउ परेका छन्

  • ख-
  • ख
  • ख+

पोखरा , फागुन २८ गते
बाँदरलाई यातना दिएको आरोपमा ताप्लेजुङ पाथीभरा याङवरक गाउँपालिका-२ थेचम्बुका एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार पाँचथर हिलिहाङ गाउँपालिका-२ सिंहपुर घर भई पाथीभरा याङवरकमा बस्दै आएका २१ वर्षीय छुप्पु हेम्वया पक्राउ परेका हुन् ।
उनले खेतको बालीनाली छेक्न बानएको पासोमा परेका बाँदरलाई थुनेर कुकुर लगाएर यातना दिएको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । उक्त भिडियोमा बाँदरलाई तड्पाइ तड्पाइ यातना दिएको देखिन्छ । भिडियोमा अरु थुप्रै बाँदर समेत देखिन्छन् । त्यसमध्ये केही डराई रहेको देखिन्छ । पशु अधिकारकर्मीलगायतका संघसंस्थाले गुनासो गरेपछि प्रहरीले ती युवकको खोजी गरेको थियो । यही क्रमा उनी पक्राउ परेका हुन् ।स्रोत: WildNepal

नेपाली न्यूज मिडिया नेटवर्कद्वारा सञ्चालित यो एक डिजिटल समाचार पत्रिका हो। यसले मुख्यतया राष्ट्रिय र अन्तराष्ट्रिय समसामयिक विषयका समाचारहरू प्रकाशन गर्दै आइरहेको छ।
हामीसँग तपाइ फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम र टिकटकमा पनि हामी संग जोडिन सक्नु हुन!!
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

राजनीति

समाचार