संकटमा परिरहेको छ कृषकको साथी ‘पानी बिरालो’

  • ख-
  • ख
  • ख+

पोखरा ,फागुन २८ गते
संकटमा परिरहेको छ कृषकको साथी ‘पानी बिरालो’
हेर्दा जति सुन्दर देखिन्छ, त्यति नै संकटमा पनि पर्दै गएको छ मलाहा बिरालो । विश्वकै दुर्लभ वन्यजन्तुमा सूचीकृत यसलाई नेपालले भने संरक्षित वन्तजन्तुको सूचीमा समेत राखेको छैन ।
मलाहा बिरालोलाई पानी बिरालो पनि भनिन्छ । सुन्दर र चित्ताकर्षक यो बिरालो सानो हुन्छ । कम देखिने यो बिरालो लजालु स्वभावको हुन्छ । अंग्रेजीमा फिसिङ क्याट भनिने यो बिरालो बालीनाली नोक्सान गर्ने मुसा, चरा, किरा फट्यांग्रा खाने हुँदा कृषकको असल साथी पनि हो ।
पारिथितिकीय प्रणाली सन्तुलन राख्न यसले महत्त्वपूर्ण योगदान गर्छ । यसले सिमसार क्षेत्रको पारिस्थितिक चक्रमा पनि प्रमुख भूमिका खेलिरहेको हुन्छ । सिमसार क्षेत्रमा पानी बिरालोको उपस्थिति भए उक्त सिमसारको अवस्था राम्रो छ भनेर मान्न सकिन्छ ।
ताल पोखरीमा पानी बिरालो आयो भनेर माछा खाइदिन्छ भनेर व्यवसायी, कृषक र माझी समुदाय आक्रोश व्यक्त गर्छन् । तर, पानी बिरालो आउनु भनेको उक्त पोखरी वातावरणीय दृष्टीले स्वच्छ रहेको संकेत हो भनेर बुझनु पनि जरुरी भएको संरक्षकर्मी बताउँछन् । विश्वमा पाइने ४१ प्रजातिका बिरालामध्ये यो मात्र सिमसार र पानीमा आश्रित छ । यसको मुख्य आहारा माछा हो । माछा सिकार गर्ने शिल्पी गजबको हुन्छ । यसले पोखरीमा माछा कति तल छ भनेर जुँगाले ठम्याउने संरक्षणकर्मी बताउँछन् ।स्रोत :WildNepal

नेपाली न्यूज मिडिया नेटवर्कद्वारा सञ्चालित यो एक डिजिटल समाचार पत्रिका हो। यसले मुख्यतया राष्ट्रिय र अन्तराष्ट्रिय समसामयिक विषयका समाचारहरू प्रकाशन गर्दै आइरहेको छ।
हामीसँग तपाइ फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम र टिकटकमा पनि हामी संग जोडिन सक्नु हुन!!
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

राजनीति

समाचार