
पोखरा,चैत्र ९ गते
नाडा अटोमोबाइल्स् एशोसिएशन अफ नेपालको प्रस्तुतीमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशिएसन (वाडा)द्वारा यही चैत्र ११ गते देखि १५ गते सम्म, नेपालको पर्यटकिय राजधानी सुन्दर नगरी पोखराको लेकसाइड, ताल बराही चोक स्थीत खेल मैदानमा ‘दोस्रो नाडा प्रजेन्ट्स् वाडा अटो शो २०२६’ आयोजना गरिने भएको छ। प्रदेशकै सबै भन्दा बृहत अटो प्रदर्शनीमा पोखरा महानगरपालिका प्रबर्द्धक रहेको छ भने प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज (जेम्स)ले गरी रहेको छ।
प्रदर्शनी सञ्चालनलाई सहज वनाउन प्रायोजनगरी सहयोग प्रदान गर्ने, पावर्डबाईमा राइड इनर्जी, इन्सुरेन्स पार्टनरमा शिखर इन्सुरेन्स, हस्पिटल पार्टनरमा दिर्घाय पोखरा हस्पिटल, टिकटिङ्ग पार्टनरमा खल्ती एप, क्यु आर पार्टनरमा युनियन पे, हस्पिटालिटी पार्टनरमा टेम्पल बेल, इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट, फायर सेफ्टी पार्टनरमा हिटको प्रा.लि., फर्निचर पार्टनरमा सिटिजन फर्निचर, प्रिन्टिङ्ग पार्टनरमा पोखरा क्रिएटिभ्स प्रा.लि. जस्ता प्रतिष्ठत संस्थाहरू रहने भएका छन् ।
यस संस्करणमा सवारी साधन खरिद विक्री एवं यस क्षेत्रमा भई रहेका आधुनिक प्रविधि विकास बारे प्रत्यक्ष जानकारी उपलब्ध गराउनुका साथै अवलोकनकर्ताहरूलाई प्रशंसनीय सेवा प्रवाहमा जोड दिइने भएको छ । अटाे व्यवसायको सुद्धिकरण एवं प्रबर्द्धन, क्षेत्रिय बजारमा हाम्रो सहज पहुँच तथा बढ्दो मागलाई ध्यानमा राखी नेपालमै उत्पादनको सम्भाव्यतालाई समेत समयानुकुल दिशानिर्दिष्ट गर्नका लागि आवश्यक एवं व्यवस्थित वातावरण निमार्ण गर्न यस व्यापारिक प्रदर्शनीले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेमा आयोजक विश्वस्त रहेको छ।
नेपाल सम्वृद्धि तर्फ उन्मूख हुँदै गर्दा सक्रिय अर्थतन्त्र तथा सामाजिक सामिप्यताका लागि यातायात गतिशिलता अती आवश्यक पर्दछ। यस अर्थमा सवारी साधन आज विलाशिता भन्दा पनि आवश्यक्ताको वस्तु बन्दै गइरहेको छ। यसै आवश्यक्तालाई महसुस गर्दै क्षेत्रीय लगायत केन्द्रमा रहेका अटो व्यवसायी समकक्षीहरूलाई एउटै छाना मूनि भेला गराई सहज व्यवसायिक वातावरण निर्माण गर्नु पनी यस प्रदर्शनीको उद्देश्य रहेको छ । आयोजकका अनुसार विभिन्न जिल्लाहरू एवं प्रदेशहरूबाट हुने व्यवसायिक भेलाले अटो व्यवसाय प्रवर्द्धन मात्र नभई आन्तरिक पर्यटन्लाई समेत टेवा पुर्याउने लक्ष्य राखेको छ । साथै यस प्रदर्शनीले स्थानीय रुपमा देखिने वा महसुस गरिने विभिन्न व्यवसायिक समस्याहरूको चिनारी गर्ने तथा त्यसका सामाधानका विकल्पहरु खोज्ने साझा थलो बन्न सक्ने आयोजकहरूको दावी छ ।
नाडा प्रजेन्ट्स वाडा अटी शो २०२६ मा १६ वटा पाण्डका ४ पाङ्ग्रे , ६ वटा बाण्डया लाइट कमर्शियल, १० बटा बाण्डका २-पाङ्ग्रे एउटा हेभी कमर्शियल लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरू तथा वितिय सस्थाहरूका २० वटा स्टलहरू रहने पत्रकार सम्मेलनमा आयोजकले जानकारी गरेको छ।
प्रदर्शनीको थप आकर्षणका निम्ति तथा नया पुस्तालाई नेपालमा भित्रिएका र गुडाइएका ऐतिहासिक पुराना मोडलका कारहरूको जानकारी उपलब्ध गराउने उद्देश्य का साथ यस संस्करणमा विशेष भिन्टेज कार शोको आयोजना गरिने छ । यसकासाथै अत्याधुनिक प्रविधि विकास एवं नवपरिवर्तन संग आम सर्वसाधारणलाई साक्षात्कार गराउनकालागि रोबोटहरू पनि प्रदर्शनमा राखिने भएको छ । जसमा युनीट्र जि वान ह्युमानोइड रोबोट, युनीट्र गो टु, चंखे जस्ता आकर्षक रोबोटहरू रहने भएका छन् ।
गण्डकी प्रदेशमा दोस्रो पल्ट हुन गइरहेको यस प्रदर्शनीमा AMPERE, ATHER, AUCWELL, BYD, CHERY WANDA, CHETAK, DEEPAL, DONGFENG, FORTHING, GARROW, HYUNDAI, KAIYI, KAMA, KIA, LEAP MOTOR, MAXUS, MG, NEW GONOW, NISSAN, OMODA JAECOO, PROTON, ROYAL ENFIELD, SKYWORTH, SML-ISUZU, SUZUKI, SUZUKI, TATA, TVS, XPRESS-T, YAHAMA, ZONTES जस्ता प्रख्यात ब्राण्डहरूका सवारी साधनहरु को सहभागिता रहने भएको छ ।
५ दिन सम्म चल्ने यस दोस्रो नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६ मा लगभग ४५००० आगन्तुकहरूले अवलोकन गर्ने विश्वास आयोजकको रहेको छ। टिकटमा विशेष आकर्षण स्वरूप खल्ती एपबाट टिकट खरिद गर्दा प्रत्येक दिन पहिलो १०० जना साधारण टिकटमा पचास प्रतिशत तथा पहिलो १०० जना विद्यार्थी टिकटमा सय प्रतिशत फिर्ता हुने गरी यस अटो शोका क्यु आर पार्टनर युनियन पेद्वारा क्यास ब्याकको ब्याबस्था गरिने भएको छ । यो शो मा करिब ७० देखि ७५ करोड बराबरिको कारोबार हुने अपेक्षा लिएको छ।पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशिएसन अन्तर्गत ३/४ हजार कर्मचारी ले रोजगार पाएको आजको पत्रकार सम्मेलनमा जानकारी गरेको छ ।








