
पोखरा ,चैत्र १२ गते
चैते दशैँको अवसरमा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ज्युले दिनुभएको शुभकामना सन्देश ।
चैते दशैँ, २०८२ को पावन अवसरमा गण्डकी प्रदेश एवं स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । असत्यमाथि सत्यको विजयको प्रतीकका रुपमा मनाइने यस पर्वले हामी सबैमा धैर्यता, साहस, अनुशासन र सकारात्मक ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दछु ।
यस पर्वले अन्यायमाथि न्यायको विजयको सन्देश दिँदै सत्य, धर्म र नैतिकताको मार्गमा अघि बढ्न प्रेरित गर्दछ । यस अवसरले हामीलाई समाजमा रहेका विकृति, विसंगति तथा असमानता अन्त्य गर्दै समुन्नत, सभ्य र समृद्ध गण्डकी प्रदेश निर्माणमा एकजुट हुन प्रेरणा मिलोस् भन्ने अपेक्षा गर्दछु।
यस पर्वले गण्डकी प्रदेशमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र बहुसांस्कृतिक एकतालाई थप मजबुत बनाउनेछ । आपसी सद्भाव, एकता र सहकार्यको भावना अभिवृद्धि गर्दै प्रदेश सरकारले लिएको “आत्मनिर्भर र समुन्नत प्रदेश: सुखी प्रदेशवासी” को संकल्प पुरा गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु । विशेषगरी यस दिन गरिने गोरखकाली पूजा हाम्रो धार्मिक आस्था र ऐतिहासिक पहिचानसँग जोडिएको महत्वपूर्ण पक्ष हो ।
गण्डकी प्रदेश सरकार जनताको समृद्धि, सुशासन र विकासप्रति प्रतिबद्ध रहेको छ । यस महान पर्वले सबैमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा थप्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मार्ग प्रशस्त गरोस् भन्ने शुभेच्छाका साथ हामी सबैमा सत्य र न्यायको मार्गमा अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।
चैते दशैँको सबैमा हार्दिक हार्दिक शुभकामना । धन्यवाद । जय नेपाल ।
वि. सं. २०८२ चैत १२ गते, बिहिबार
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे









