कपडा व्यवसायीहरुलाई भ्याट र करसम्बन्धी तालिम

  • ख-
  • ख
  • ख+

पोखरा ,चैत्र १४ गते
कपडा व्यवसायीहरुलाई भ्याट र करसम्बन्धी तालिम
पोखराका कपडा व्यवसायीहरुले आयकर तथा मूल्य अभिवृद्धि कर( भ्याट) सम्बन्धी तालिममा सहभागिता जनाएका छन् । उद्योगी÷व्यवसायीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघले जर्मन सहयोगी संस्था जीआइजेडको दीगो विकासका लागि राजश्व सुधार परियोजना (आरएसआरएसडी) को सहयोगमा २ दिने तालिमको आयोजना गरेको हो । तालिमका निम्ति पोखरा कपडा व्यवसायी एसोसियसनसँग सहकार्य गरिएको थियो । तालिममा सिए विवेक श्रेष्ठले सहभागी करिब ८० जनालाई तालिम प्रदान गरेका थिए ।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानाले सामान बिक्री गरेपछि मागेमात्र बिल दिने प्रवृत्तिबाट कपडा मुक्त हुन व्यवसायीहरुलाई आग्रह गरे ।
अहिले विभिन्न च्यानलबाट व्यवसायीहरुका गतिविधि निगरानी हुने गरेकाले बिजक जारी नहुँदा स्टकमा सामान देखिने र त्यस्तोमा दण्डको भागिदार बन्नुपर्ने अवस्था आउने उनको भनाइ थियो । नयाँ सरकार बनेसँगै स्रोतको आवश्यकता पर्ने र त्यस्तोमा व्यवसायीमाथि थप निगरानी बढाउने सम्भावना रहेको पनि उनले बताए ।
पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमको संचालन रहेको कार्यक्रममा बोल्दै पोखरा कपडा व्यवसायी एसोसियसनका अध्यक्ष लेखनाथ पौडेलले कपडा व्यवसायीहरुले राजश्व संकलनमा ठूलो योगदान दिने गरेको र कर र भ्याटसम्बन्धी शिक्षाले व्यवसायीलाई नै फाइदा पुग्ने बताए ।स्रोत: Pokhara Chamber of Commerce & Industry

नेपाली न्यूज मिडिया नेटवर्कद्वारा सञ्चालित यो एक डिजिटल समाचार पत्रिका हो। यसले मुख्यतया राष्ट्रिय र अन्तराष्ट्रिय समसामयिक विषयका समाचारहरू प्रकाशन गर्दै आइरहेको छ।
हामीसँग तपाइ फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम र टिकटकमा पनि हामी संग जोडिन सक्नु हुन!!
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

राजनीति

समाचार