पोखरा ,चैत्र १५ गते
बालेन नेतृत्वको सरकारले स्वास्थ्य क्षेत्र सुधारका लागि अघि सारेका योजनाहरू:
१. निःशुल्क उपचार र अनुगमन:
सबै अस्पतालमा १०% शय्या निःशुल्क गर्ने र ३० दिनभित्र ‘Free Health Portal’ लागू गरेर पारदर्शी अनुगमन गर्ने।
२. एकीकृत स्वास्थ्य सूचना प्रणाली:
बिरामीको उपचार इतिहास र रिफरल प्रणाली व्यवस्थित गर्न ३० दिनभित्र डिजिटल ‘Patient Record System’ विकास गर्ने।
३. अस्पताल प्रशासनमा कडाइ:
सरकारी अस्पतालमा डिजिटल हाजिरी, आचरण समीक्षा र ‘Cleanliness Audit’ अनिवार्य गरी सेवा सुधार गर्ने।
४. सुलभ फार्मेसी र सस्तो औषधि:
३ महिनाभित्र डिजिटल औषधि मौज्दात प्रणाली र १०० दिनभित्र देशभर सस्तो मूल्यमा औषधि पाइने ‘सुलभ फार्मेसी’ सञ्चालन गर्ने।
५. जलन उपचार (Burn Ward) विस्तार:
जलनका बिरामीको उपचार सुधार गर्न ३० दिनभित्र प्रदेशस्तरका अस्पतालमा ‘Burn Ward’ स्थापना सुरु गर्ने।
६. एयर एम्बुलेन्स सेवा:
सुदूरपश्चिम, मध्य र पूर्वी पहाडी क्षेत्रका नागरिकका लागि आकस्मिक सेवामा ‘Air Ambulance’ तयारी अवस्थामा राख्ने।
७. स्वास्थ्य पर्यटन र पहिचान:
नेपाललाई ‘Wellness Hub’ बनाउने रणनीति १५ दिनभित्र ल्याउने र सन् २०२७ लाई ‘Nepal Wellness Year’ को रूपमा मनाउने। स्रोत :Swasthya Khabar Patrika
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0