
Globalsouthworld.com का अनुसार
पोखरा ,माघ २५ गते
थाइल्याण्डका प्रधानमन्त्री पेटोङटार्न सिनावात्रा ले थाइल्याण्डको बैंककमा प्रेस सम्मेलनको क्रममा थाइल्यान्ड भ्रमण गर्ने चिनियाँ पर्यटकहरू बीचको सुरक्षा चिन्तालाई कम गर्न खोज्दै आँफुमा “चिनियाँ रगत” रहेको र चिनियाँ नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न उनले व्यक्तिगत रूपमा सुरक्षा प्रोटोकलहरू हेरेकी बताएकि छिन। गत महिना थाइल्याण्डमा अपहरण पछि म्यानमारको एक घोटाला केन्द्रबाट एक नाबालिग चिनियाँ अभिनेतालाई उद्धार गरेपछि थाइल्याण्डमा सुरक्षा चिनियाँ नागरिकहरू बीच कुराकानीको विषय बनेको र थाइल्याण्डमा विदेशी पर्यटकहरूको सबैभन्दा ठूलो समूह रहेको पनि बताएकी छिन। “थाइ मानिसहरू सधैं चीनमा आउँछन् र घरजस्तो महसुस गर्छन्, त्यसैले म आशा गर्छु कि चिनियाँहरूले पनि थाइल्याण्डमा आएर घरजस्तो महसुस गर्नेछन्,भनि बताएकी छिन।