
पोखरा, असार ३१ गते
म्याग्दीको क्लबले पहिलो पटक पोखरामा राष्ट्रियस्तरको खुल्ला पुरुष तथा महिला बास्केटवल प्रतियोगिता संचालन गर्ने भएको छ ।
भगवती युवा क्लब राखु भगवती म्याग्दिको आयोजनामा सुलभ प्रीजेन्टस ३०३ खुल्ला पुरुष तथा महिला बास्केटवल प्रतियोगिता सञ्चालन हुने भएको छ । सामाजिक चेतना, अनुशासन गतिशिलता, स्वाभिमान र विकास, क्लबको पहिचान भन्ने मुल नाराका साथ स्थापित क्लवले म्याग्दी बाहिर पहिलो पटक खेलकुदको कार्यक्रम आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक सुलभ मल्ल ले पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको हो ।
क्लबले यसअघि राखु भगवती मन्दिरमा आयोजना गरिने कोत पुजामा वार्षिक रुपमा विशेष सहयोग, वार्षिक रुपमा वडादशैमेला सञ्चालन गर्दै विभिन्न सामाजिक काममा अग्रसर रही राखु क्षेत्रमा काम गर्दै आइरहेको सुलभ मल्ल ले पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको हो । यो खेलकुद प्रतियोगिताले खेलको माध्यामवाट युवाहरु बीच आपसी भाइचारा अभिविद्धि हुने अपेक्षा आयोजक ले जनाएको छ। आगामी साउनको २ गते पोखरा रंगशालाको कभर्ड हलमा आयोजना गरिने उक्त प्रतियोगितामा पुरुष तर्फ १५ र महिला तर्फ ५ टीमको सहभागीता रहने भएको छ ।
प्रतियोगितामा तनहुँ, कास्की, म्याग्दी, काठमाण्डौ, पर्वत लगाएतका ठाँउका खेलाडीहरुले सहभागीता जनाउने भएको पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराउनु भएको थियो । प्रतियोगितामा पुरुष तर्फ प्रथम हुनेलाई ४२ हजार २ सय २२ ट्रफी, मेडल र गिफ्ट ह्याम्पर, र दोस्रो हुनेलाई २२ हजार २ सय २२ नगद, ट्रफी, मेडल र गिफ्ट ह्याम्पर र महिला तर्फ प्रथम हुनेलाई २५ हजार २ सय २२ दोस्रोलाई १५ हजार २ सय २२ नगद, ट्रफी, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गर्ने भएका छन ।
Main Points
- पोखरामा ३×३ बास्केटबल प्रतियोगिता: म्याग्दीको क्लबको पहिलो ऐतिहासिक आयोजना
- साउन २ मा पोखरामा खुल्ला ३×३ बास्केटबल, २० टोलीबीच प्रतिस्पर्धा
- भगवती युवा क्लबले पोखरामा राष्ट्रियस्तरको बास्केटबल प्रतियोगिता गर्दै
- पोखरा रंगशालामा पुरुष र महिला ३×३ बास्केटबल प्रतियोगिता आयोजना हुने
- गण्डकीमा ३×३ बास्केटबलको उत्साह: विभिन्न जिल्लाका खेलाडी पोखरामा

