पोखरा, श्रावण ९ गते
आर्थिक वर्ष २०८२/८३ मा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश तथा मातहतका निकायबाट सञ्चालित सम्पूर्ण कार्यक्रमहरूको वार्षिक प्रगति समीक्षा २०८३ साल साउन ७ र ८ गते सम्पन्न भएको छ।
समीक्षा कार्यक्रममा मन्त्रालय, मातहतका फार्म केन्द्र, प्रयोगशाला, जिल्लास्थित कृषि विकास तथा भेटेरिनरी अस्पताल एवं पशु सेवा विकास कार्यालय, कृषि व्यवसाय प्रवर्द्धन, प्रशिक्षण तथा स्रोत केन्द्र, पशुपन्छी अनुसन्धान, विकास तथा प्रशिक्षण केन्द्र, सहकारी रजिष्ट्रार कार्यालय, NAFHA परियोजना गरी जम्मा २९ वटा निकायले आफ्नो वार्षिक कार्यसम्पादन तथा उपलब्धिहरू प्रस्तुत गरिएको थियो।
कार्यक्रममा गत आर्थिक वर्षका उपलब्धि, चुनौती तथा सिकाइका विषयमा विस्तृत समीक्षा गर्दै आगामी आर्थिक वर्षमा कार्यक्रम कार्यान्वयनलाई अझ प्रभावकारी, परिस्कृत, छिटोछरितो, पारदर्शी, प्रविधिमैत्री तथा कृषकमैत्री बनाउने विषयमा गहन छलफल भयो। साथै, सेवा प्रवाहलाई थप सहज, गुणस्तरीय र परिणाममुखी बनाउँदै कृषि, पशुपन्छी, मत्स्य तथा सहकारी क्षेत्रको दिगो विकासमार्फत कृषकको आय वृद्धि, उत्पादनशीलता अभिवृद्धि र समृद्ध गण्डकी प्रदेश निर्माणमा सबै निकायले अझ बढी जिम्मेवारीका साथ कार्य सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। यसै बिच उत्कृष्ट प्रगति हासिल गर्ने र उत्कृष्ट प्रस्तुति गर्ने भेटेरिनरी अस्पताल तथा पशु विकास कार्यालय कास्कीका प्रमखु डा. गृष्म नेउपानेलाई माननीय मन्त्रीज्यू, सचिवज्यू लगायत अन्य उपस्थित अतिथिबाट बाट सम्मान गरिएको थियो।स्रोत: कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0