
पोखरा ,श्रावण १० गते
अशोका कलेज अफ इन्जिनियरिङ म्यानेजमेन्ट पोखरा मा BIT कार्यक्रम संचालन हुने भएको छ ।
काठमाडौं विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त गरि अशोका कलेज अफ इन्जिनियरिङ म्यानेजमेन्ट ले BIT कार्यक्रम संचालन गर्ने भएको हो । सम्बन्धन प्रदान; करिब ३०० परीक्षार्थीको सहभागितामा प्रवेश परीक्षा सम्पन्न, अगस्ट ४, २०२६ देखि भर्ना कार्यक्रम खुल्ला गर्ने भएको छ । यस बर्ष ३० जना विधार्थी ले मात्रै भर्ना हुन पाउने भएको पत्रकार सम्मेलन मा जानकारी गराइएको छ ।
पोखरा, मा सूचना प्रविधिको क्षेत्रमा गण्डकी प्रदेशकै नयाँ युगको सुरुवात गर्दै अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट (सिर्जना चोक, पोखरा) ले काठमाडौँ विश्वविद्यालय (KU) बाट ४ वर्षे ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (BIT) कार्यक्रम सञ्चालनका लागि आधिकारिक सम्बन्धन प्राप्त गरेको हो ।
यसै ऐतिहासिक अवसरमा, कलेजको पोखरास्थित परीक्षा केन्द्रमा जुलाई २५ र २६, २०२६ मा सञ्चालित काठमाडौँ विश्वविद्यालय कर कमन एड्मिसन टेस्ट (KUCAT) मा करिब ३०० जना प्रतिभाशाली विद्यार्थीहरू सहभागी भएको विज्ञप्ति मार्फत सम्मेलनमा जानकारी गराइएको थियो ।
अशोका कलेज BIT को मुख्य आकर्षण भनेको “सिक्दै कमाउँदै” (Learn & Earn) हो ।
अशोका कलेजले आफ्ना आईटी, हाइड्रोपावर, खाद्यान्न तथा इन्जिनियरिङ क्षेत्रका भगिनी संस्थाहरू (Sister Concern Industries) सँगको सहकार्यमा विद्यार्थीहरूका लागि नेपालमै पहिलो पटक “सिक्दै कमाउँदै” मोडल सार्वजनिक गरेको हो ।
पार्ट-टाइम रोजगारी,आर्थिक आत्मनिर्भरता,इन्क्युबेशन र स्टार्टअप र दोहोरो फाइदा नै BIT कार्यक्रम को मुख्य विशेषताहरू रहेको विज्ञप्ति मार्फत सम्मेलनमा जानकारी गराइएको थियो ।
अध्ययनकै क्रममा कलेजका साझेदार उद्योगहरूमा पारिश्रमिकसहितको काम गर्ने अवसर,मासिक भत्ता (Stipend) वा आम्दानीमार्फत पढाइ र व्यक्तिगत खर्च आफैँ जुटाउन सकिने,
नयाँ सफ्टवेयर प्रोजेक्ट र टेक-स्टार्टअपका लागि विशेष Startup Cell र मेन्टरसिप र हातमा KU को प्रतिष्ठित डिग्री र साथमा वर्षोंको वास्तविक कार्यअनुभव (Work Experience) नै BIT कार्यक्रम को फाइदा रहेको पत्रकार सम्मेलन जानकारी गराइएको हो। BIT कक्षा संचालन भने अगस्ट २५, २०२६ देखि हुने भनीएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1

