काठमाडौँ,श्रावण १५ गते
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवज्यूको अध्यक्षतामा साउन १४ गते आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति (MDAC) को बैठक भव्यताका साथ सम्पन्न भएको छ।
बैठकमा मन्त्रालय तथा मातहतका निकायहरूले गत आर्थिक वर्षमा गरेका कामहरूको समीक्षा गर्दै आगामी दिनमा सेवा प्रवाहलाई थप चुस्त र प्रभावकारी बनाउन माननीय मन्त्री यादवले मन्त्रालय अन्तरगतका विभाग, बोर्ड लगायतका निकायहरूलाई निर्देशन दिनुभएको छ।
माननीय मन्त्री यादवले यस आर्थिक वर्षभित्र प्रत्यक्ष र अप्रत्यक्ष गरी १ लाख रोजगारी सिर्जना गर्ने ‘माइल स्टोन’ हासिल गर्न कुनै कसर बाँकी नराख्ने गरी काम अघि बढाउन, वैदेशिक रोजगार विभागमा प्राप्त हुने गुनासोहरूलाई ‘इमर्जेन्सी’, ‘हाई प्रायोरिटी’ र ‘नर्मल’ गरी वर्गीकरण गरी सोही अनुसार तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाउन, ७५३ वटै स्थानीय तहबाट श्रम स्वीकृतिको सहजीकरणको लागि युजर आइडी र पासवर्ड वितरण गरी कार्यान्वयनमा ल्याउन, विदेशमा रहेका श्रमिकहरूका लागि २४/७ टेलिमेडिसिन सेवा र ‘श्रमदान कल सेन्टर’ लाई थप प्रभावकारी बनाउन, श्रमिकका समस्या र दुःखमा मन्त्रालय ‘ रियाक्टिभ’ होइन, ‘प्रो-एक्टिभ’ भएर लाग्न निर्देशन दिनुभएको हो।
माननीय मन्त्री यादवले मन्त्रालयका कर्मचारीहरूले दैनिक कार्य सम्पादनको ‘टाइम सिट’ अनिवार्य भर्ने प्रणाली समेत लागू गर्न निर्देशन दिँदै भन्नुभयो “हामीले गरेका नीतिगत निर्णय र कार्यक्रमहरूले नागरिकको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउनुपर्छ। हरेक कामको स्पष्ट कार्य योजना बनाई जिम्मेवार भएर नतिजा निकाल्न म सबैलाई आग्रह गर्दछु।”
कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय युवा परिषद् लगायतबाट प्रतिनीधीहरुकाे उपस्थिति थियो।स्रोत: युवा, श्रम तथा रोजगार मन्त्रालय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0