पोखरा,श्रावण २१ गते
पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सुरु भएको छ । समीक्षा कार्यक्रमको पहिलो दिन आज महानगरपालिकाअन्तर्गतका वडा कार्यालयहरूको वार्षिक प्रगतिको समीक्षा गरिएको छ । भोलि महानगरपालिकाका विभिन्न महाशाखाहरूको प्रगति समीक्षा गरिनेछ ।
पहिलो दिनको समीक्षा कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नागरिक सेवालाई चुस्त, पारदर्शी र नागरिकमैत्री बनाउँदै विकास निर्माणको अभियानलाई थप तीव्रता दिन वडा सचिवहरूलाई निर्देशन दिनुभयो । उहाँले वडा कार्यालयहरू नागरिकसँग प्रत्यक्ष जोडिने सरकारका निकाय भएकाले सेवा प्रवाहमा प्रभावकारिता, जबाफदेहिता र परिणाममुखी कार्यसम्पादनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
उपप्रमुख मञ्जुदेवी गुरुङले वडा कार्यालयहरूको सेवा प्रवाहलाई थप सशक्त बनाउँदै सुशासन प्रवर्द्धन र नतिजामुखी कार्यसम्पादनमा जोड दिनुभयो । उहाँले नागरिकले स्थानीय सरकारबाट अनुभूति गर्ने गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।
समीक्षा कार्यक्रममा महानगरपालिकाका विभिन्न वडा सचिवहरूले आर्थिक वर्ष २०८२/०८३ मा वडाबाट सम्पादन भएका विकास निर्माण, सेवा प्रवाह, प्रशासनिक कार्य तथा अन्य कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गरेका छन् । समीक्षा कार्यक्रममा प्रस्तुत प्रगति, उपलब्धि, समस्या तथा आगामी कार्यदिशाबारे छलफल गरिएको छ ।स्रोत :पोखरा महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0