नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शाखाले राष्ट्रिय ट्रमा सेन्टरमा आउने बेवारिसे बिरामीको रगतको शुल्क व्यहोर्ने ।
काठमाडौँ, साउन २४ गते
राष्ट्रिय ट्रमा सेन्टरमा बेवारिसे बिरामीका लागि आवश्यक पर्ने रगत एवं रगतजन्य पदार्थको शुल्क नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शाखाले व्यहोर्ने गरि ट्रमा सेन्टर, केन्द्रीय रक्त सञ्चार सेवा र नेरेसो काठमाडौ जिल्ला शाखाको बीचमा आज सम्झौता सम्पन्न भएको छ ।
२०८४ असार मसान्तसम्म कायम रहनेगरि प्रतिनिधि सभासदस्य लालबिक्रम थापाको उपस्थितमा भएको सम्झौतामा ट्रमा सेन्टरका तर्फबाट प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र प्रसाद मरासिनी, नेरेसो काठमाडौ जिल्ला शाखाको तर्फबाट सभापति श्यामकाजी डोटेल र केन्द्रीय रक्त सञ्चार सेवाका तर्फबाट निर्देशक पवन कुमार गुप्ताले हस्ताक्षर गर्नुभयो ।
सम्झौता कार्यक्रममा नेरेसो काठमाडौ जिल्ला शाखाका मन्त्री वृद्धिमान शाक्य, कोषाध्यक्ष लक्ष्मिरत्न तुलाधर, केन्द्रीय रक्त सञ्चार सेवाका उपनिर्देशक प्रकाश कुमार यादव, जनसम्पर्क अधिकृत सन्देश थापा, ट्रमा सेन्टर सामाजिक सेवा बिभाग प्रमुख इन्दिरा पाण्डे लगायत ट्रमा सेन्टरका विभिन्न बिभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो ।
बिगत डेढ वर्षदेखि मौखिक माग र सहमतिमा नेरेसो काठमाडौ जिल्ला शाखले त्यस्तो रगतको भुक्तानी केन्द्रीय रक्त सञ्चार सेवालाई उपलब्ध गराउदै आएकोमा यो आ.व. देखी संस्थागत गर्नका लागि यो सम्झौता गरिएको हो ।स्रोत: Nepal Red Cross Society
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0