पोखरा ,श्रावण २४ गते

पोखरा कलेज अफ म्यानेजमेन्टका सञ्चालक समितिका अध्यक्ष तथा गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थ जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्। प्रतिष्ठानले विगत ३० वर्षदेखि पोखरामा शैक्षिक विकासका लागि काम गर्दै आएको छ । जोर्ज जोन ले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको सम्मान गर्दै क्याम्पसका पूर्वविद्यार्थीहरुले २०५३ सालमा प्रकाशमान गुभाजुको नेतृत्वमा जोर्ज जोन शिक्षा प्रतिष्ठान पोखरा गठन गरेका हुन् ।

प्रतिष्ठानको पोखरामा सम्पन्न ३०औँ वार्षिकोत्सव तथा साधारणसभाबाट अध्यक्षमा चयन भएका कायस्थले संस्थाको शैक्षिक साखलाई थप उचाइमा पुर्‍याउन सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने बताएका छन्।

उनले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणलाई प्राथमिकतामा राख्दै शिक्षण संस्थाको गुणस्तर र प्रतिष्ठालाई थप मजबुत बनाउन आफूले मेहनत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0