पोखरा ,भदौ १९ गते
गएराति काठमाडौं महानगरपालिका वडा नं. ३२ पेप्सीकोला प्लानिङमा आगलागी भएको सूचना प्राप्त भएलगत्तै काठमाडौं महानगरपालिकाको जुद्ध वारुणयन्त्र कार्यालयबाट कार्यालय प्रमुख नगर प्रहरी नायव उपरीक्षक लीलाराज गाछा नेतृत्वमा तीनवटै युनिटका ३ वटा दमकल, ३० जना अग्नि नियन्त्रक तथा २ वटा पानी ट्याङ्करसहितको टोली घटनास्थलमा परिचालन गरिएको थियो ।
आगलागी नियन्त्रणका लागि नेपाली सेना तथा छिमेकी पालिकाका दमकलहरू समेत घटनास्थलमा परिचालन भएका थिए । आगलागीका क्रममा ग्यास सिलिन्डरहरु पड्किएपछि आगोले थप ठुलो रूप लिएको थियो । आगलागीबाट १० वटा पसल तथा ३ वटा पक्की घरमा क्षति पुगेको छ ।
काठमाडौं क्याफे, बेम्बो कटेज, तरकारी पसल, सेकुवा क्याफे, खाद्यान्न पसललगायत ६ वटा भन्दा बढी घर–टहरा पूर्णरूपमा जलेर नष्ट भएका छन् । काठमाडौं महानगरपालिकाका अग्नि नियन्त्रक टोलीको अथक प्रयास तथा सम्बन्धित निकायहरूको समन्वयमा आगलागी नियन्त्रणमा आएको थियो । घटनामा कुनै मानवीय क्षति भएको छैन ।
यस्ता घटनाहरुले आगलागी भएपछि नियन्त्रण गर्नुभन्दा आगलागी हुन नदिन पूर्वतयारी गर्नु महत्वपूर्ण हुन्छ भन्ने पाठ स्मरण गराएको छ । प्रत्येक घर, पसल तथा व्यवसायले ग्याँस सिलिन्डर, विद्युतीय उपकरण तथा अन्य सम्भावित आगलागीका स्रोतको सुरक्षित व्यवस्थापन, अग्नि नियन्त्रण सामग्रीको व्यवस्था र आपतकालीन तयारी अनिवार्य रूपमा गर्नु देखिन्छ ।
सतर्कता र पूर्वतयारी नै आगलागीबाट हुने जनधनको क्षति न्यूनीकरण गर्ने सबैभन्दा प्रभावकारी उपाय हो

सतर्कता र पूर्वतयारी नै आगलागीबाट हुने जनधनको क्षति न्यूनीकरण गर्ने सबैभन्दा प्रभावकारी उपाय हो । स्रोत:काठमाडौं महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1