Home Top-Headline राष्ट्रिय वाणिज्य बैंक लिमिटेड गण्डकी प्रादेशिक कार्यालय तथा शाखा कार्यालय पृथ्वीचोकको नव निर्मित भवन समुदघाटन कार्यक्रम सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड गण्डकी प्रादेशिक कार्यालय तथा शाखा कार्यालय पृथ्वीचोकको नव निर्मित भवन समुदघाटन कार्यक्रम सम्पन्न

0

पोखरा ,फागुन ३ गते

राष्ट्रिय वाणिज्य बैंक लि. को गण्डकी प्रादेशिक तथा शाखा कार्यालय नयाँ बजार, पोखराको नवनिर्मित भवनको माननीय उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेल ज्युको प्रमुख आतिथ्यता मा समुद्घाटन सु-सम्पन्न भयो । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड गण्डकी प्रादेशिक कार्यालय तथा शाखा कार्यालय पृथ्वीचोकको नव निर्मित भवन समुदघाटन कार्यक्रम समारोहमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड गण्डकी प्रादेशिक कार्यालय का प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल ले यो नव निर्मित भवन बाट थप सेवा अघि सारी प्रभावकारी ढंगबाट कार्य गरिरहेको बताउनु भएको थियो। गण्डकी प्रादेशिक कार्यालय ले २२ अर्वको लगानी  उत्पादन र आयअर्जन तर्फ गरेका छौं ,साना तथा मझौला व्यवसायीको हितको लागि पनि लगानी गर्दै आएका छौं ,हामि संग पुंजी अप्रयाप्त को कारण बाट अलि लगानी गर्न खुम्चिन परेकोले सरकारलाई प्रयाप्त पुंजी को विकास गर्न को लागि आवहान पनि गर्नु भयो। पृथ्वीचोकको नव निर्मित भवन को खर्च रु २३ करोड ४६ लाख रहेको बताउनु भएको थियो। गण्डकी प्रदेश पक्कै पनि कृषि मा अब्बल बनोस भन्ने हेतुले हाम्रो तर्फ बाट कृषि अन्तर्गत फलफूल लगानी लाइ जोड दिएको बताउनु भएको थियो। जिल्ला प्रशासन कार्यालय, कास्की का प्रमुख जिल्ला अधिकारी भारत मणि पाण्डे ले बैङ्किङ्ग क्षेत्र आँफैमा संवेदनशील क्षेत्र हो , सुरक्षा निकाय तर्फ पुर्ण रुपमा सहयोग गर्ने नै छौं , विभिन्न व्यक्तिहरुबाट हुने कर्जा असुल कारोवार मा समस्या देखापरे पूर्ण रुपमा सहयोग गर्ने छौं भनि बताउनु भएको थियो। गण्डकी प्रदेश सभा सदस्य नेपाली काङ्ग्रेस ,कास्की का मा. प्रकाश बराल ले विशेष गरेर सरकारी बैंकहरुमा तरलता बढी छ ,उत्पादनमुलक क्षेत्र मा लगानी गर्नुपर्ने देखिन्छ सरकार बलियो भयो भने मात्र कार्यरत कर्मचारीहरुको आत्मबल बढ्छ भनि बताउनु भएको थियो। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश का माननीय मन्त्रि मित्रलाल बस्याल ले ,गण्डकी प्रदेश मा पर्यटन ,वन र कृषि मा प्रचुर सम्भावना रहेको औंल्याउँदै वाणिज्य बैंकहरुलाई लगानी गर्न आग्रह गर्नुभएको थियो। माननीय उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेल ज्यु ले राष्ट्रिय वाणिज्य बैंक लि. को गण्डकी प्रादेशिक नवनिर्मित भवनले यो प्रदेश मा सेवा ग्राही र बैंक को तर्फ बाट गुणस्तरीय सेवा प्रदान गर्न को निम्ति थप भौतिक आधार प्राप्त गरेको छ ,यो भौतिक आधार लाइ भरपुर् मात्रामा सदुपयोग गरेर सेवा ग्राहीहरुको बिचमा प्रभाबकारी र गुणस्तरीय सेवा प्रदान गर्न का लागि बैंक को प्रादेशिक कार्यलय लाइ सफलता मिलोस भनेर शुभकामना दिनु भएको थियो। बैंक बाट ऋण लिने मात्र दोषी हुन सक्दैन दिने पनि दोषी हुन् सक्छन , ऋण लिने र दिने बिचको सम्झौता बुझ्नु जरुरि पर्दछ , बैंक ले खालि मुनाफा मात्रै खोज्ने गर्नु हुंदैन, बैंक को मुख्य व्यबस्था भनेको सेवा हो , ट्रेड युनियन आन्दोलन का बिषय लाइ लिएर अनावाश्यक रुपमा समय खेर फाल्नु बेकार रहेको र त्येसको समस्यालाई बसेर छलफल गर्न सकिन्छ , मुङ्ग्लिन – पोखरा सडक खण्ड को बिषयलाई सम्माननिय केपी शर्मा ओली ले हरपल मिटिंग मा तिव्र गति मा अघि बढाउन लागिरहेको जिकिर गर्नु भएको , यसपालिको बजेट देखि होटेल व्यवसायीहरुलाई पनि उधोग सरहको सेवा सुविधा दिने निर्णय गरेका छौं ,सहकारी को बिषय मा यो सरकार ले सशक्त रुपमा निर्णय चालेको जानकारी समेत गराउनु भएको थियो पोखरा विमानस्थल को बिषयलाइ लिएर उहाँले विमानस्थल को अझै सर्टिफिकेट नालिसकेको अबस्था छ र त्यो सर्टिफिकेट लिन को निम्ति हामि प्रयत्न रहिरहेको बताउनु भएको थियो। कार्यक्रम मा अतिथिहरुले आ-आफ्नो तर्फ बाट राष्ट्रिय वाणिज्य बैंक लि. को गण्डकी प्रादेशिक तथा शाखा कार्यालय नयाँ बजार, पोखराको नवनिर्मित भवन उद्दघाटन को क्र्म लाइ लिएर को सफलताको शुभकामना पनि व्यक्त गर्नु भएको थियो। पृथ्वीचोकको नव निर्मित भवन को समुदघाटन पुर्व राष्ट्रिय वाणिज्य बैंक लि. का कर्मचारी हरुले विहान ७ बजे देखि नव निर्मित प्राङ्गण बाट प्रभात रयाली को कार्यक्रम पनि गरेको थियो। कार्यक्रम संचालन भने संगम महत ले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here