पोखरा ,भदौ २४ गते

डोटी उद्योग वाणिज्य संघको आगामी निर्वाचनलाई लक्षित गर्दै दीपक बहादुर खड्काले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

होटल, पर्यटन तथा उद्योग–व्यवसाय क्षेत्रमा लामो समयदेखि सक्रिय खड्काले उद्योगी–व्यवसायीको हकहित, स्थानीय उत्पादनको प्रवर्द्धन, कृषि, पर्यटन तथा उद्योग–व्यवसायको विकासलाई आफ्नो उम्मेदवारीको मुख्य आधार बनाएका छन्।

उनले संगठन सुदृढीकरण, व्यवसायीको क्षमता विकास, संघको अधुरो भवन निर्माण सम्पन्न, स्थानीय उत्पादनको ब्रान्डिङ तथा बजारीकरण, कुटिर तथा साना–मझौला उद्योग प्रवर्द्धन र स्थानीय रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेका छन्।

खड्काले आगामी तीन वर्षलाई संगठन सुदृढीकरण, उत्पादन तथा बजार विस्तार र पर्यटन–लगानी प्रवर्द्धनका तीन चरणमा अघि बढाउने रणनीतिक योजना सार्वजनिक गरेका छन्।

उनको भनाइमा, “व्यक्तिभन्दा संस्था ठूलो, स्वार्थभन्दा साझा हित प्राथमिक र नाराभन्दा काम महत्वपूर्ण” भन्ने रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0