
काठमाडौँ, भदौ २६ गते
रसुवा–भोटेकोशी बाढीबाट विस्थापित भएर काठमाडौंमा रहेका १३२ जना बालबालिकालाई काठमाडौं महानगरपालिकाले विद्यालय पठाउन थालेको छ।
नागार्जुनस्थित पहेँलो गुम्बामा आश्रित बालबालिकालाई डल्लु आवास क्षेत्रस्थित गीतामाता स्कूलमा अध्ययनको व्यवस्था गरिएको हो। विद्यार्थीलाई पुस्तक र दिवा खाजासमेत उपलब्ध गराइएको छ।
विद्यालय सञ्चालनको पहिलो दिन ५९ जना बालबालिका कक्षामा उपस्थित भए। उनीहरूले भोगेको त्रास र मानसिक आघात कम गराउन महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालयमै पुगेर बालबालिकासँग संवाद गर्नुभयो।
उहाँले शिक्षक तथा प्रधानाध्यापकलाई बालबालिकासँग आत्मीय व्यवहार गर्न र किताब तथा पाठसँगै उनीहरूको मानसिक अवस्थालाई प्राथमिकता दिन आग्रह गर्नुभयो। स्रोत : काठमाडौँ महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

