पोखरा , भदौं २९ गते

नेपाल को पहिलो उधोग बाणिज्य संघ तथा उधोग बाणिज्य महासंघ को संस्थापक सदस्य रहेको मोरङ उद्योग व्यापार सङ्घको गरिमामय अध्यक्ष पदमा श्री अनिल कुमार साहज्यू ७५ वर्षीय इतिहासमा मधेसी समुदाय बाट पहिलो पल्ट नेतृत्व गर्नु भएको छ ।

संघको ३५ औँ कार्यसमितिको अध्यक्षमा साह निर्विरोध निर्वाचित हुनुभएको हो। मोरङ उद्योग व्यापार संघ नेपालको पुरानो व्यापारिक संस्था पनि हो। संघको वरिष्ठ उपाध्यक्षमा अनिल सारडा चयन भएका छन् । वाणिज्यतर्फको उपाध्यक्षमा विकास कुमार बेगवानी र उद्योगतर्फको उपाध्यक्षमा संजय कुमार श्रेष्ठ रहेका छन् । यस्तै, महासचिवमा अमित कुमार शारडा तथा सचिवमा अमित राठी र दीपेश सुवेदी चयन भएका छन् । कोषाध्यक्षमा विनीत सिंघानिया र सह–कोषाध्यक्षमा मनिष कुमार मारु रहेका छन् । प्रवक्ताको जिम्मेवारी सुशील सुरानाले पाएका छन् ।

कार्यसमिति सदस्यतर्फ राजेश कुमार अग्रवाल (आर्थिक समिति संयोजक समेत) विवेक कुमार अग्रवाल, अन्वित घिमिरे, पवन राठी, देवाशिष गोल्छा र बेदान्त जाजु रहेका छन् ।त्यस्तै, आइतबार नै डा. बन्दना जैन, लोकेश टिवडेवाला, धिरज मोहता र ओमप्रकाश शर्मा सदस्यमा मनाेनित भएका छन् ।संघले पाँच जनालाई आमन्त्रित सदस्यसमेत मनोनयन गरेको छ ।

आमन्त्रित सदस्यमा डा. दिपेन्द्र नोलखा, अमित अग्रवाल, श्रुति शर्मा, पंकज दुगड र विकास अग्रवाल रहेका छन् ।त्यसैगरी संघअन्तर्गतको महिला उद्यम समिति पनि गठन गरिएको छ । समितिको संयोजकमा साधना झा र सह–संयोजकमा जीना श्रेष्ठ रहेका छन् ।नयाँ कार्यसमितिले आगामी कार्यकालमा मोरङको उद्योग तथा व्यापार क्षेत्रका समस्या समाधान, निजी क्षेत्रको प्रवर्द्धन र व्यवसायीका हकहितका विषयमा काम गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0